नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ)को तयारी पूरा


नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले यही सेप्टेम्बर १५ र १६ मा न्युयोर्कमा आयोजना गरेको दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ) सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । फिप्नाले न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएकोजानकारी दिएको हो ।

आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र स्ंस्कृतिलाई संरक्षण गर्न सहयोग पुग्ने आयोजकको दावी छ । महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपाली आदिवासीजनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाजहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले नेपाली आदिवासी जनजातिहरुको चलचित्र विकास र बजार प्रबर्धन गराउन मद्धत पुग्ने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । महोत्सवबाट प्रवासमा नेपाली समुदायका साथै अन्य समुदायले विभिन्न चलचित्रहरु हेरेर लाभान्वित हुने विचार फिप्ना संघिय परिषद्का सभामुख विनोद पोमोले राखेका थिए ।

न्यूयोर्कको क्वीन्समा अवस्थित गुल्सन टेरेशमा सेप्टेम्बर १५ र १६ मा हुने महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र रीतिरिवाजमा आधारित ९ पूर्ण चलचित्र, ३ लघु चलचित्र सहित २ वृत्तचित्रको प्रदर्शन गरिनेछ । प्रारम्भिक चरणमा नेपालमा चलचित्र छनौटका लागि आदिवासी चलचित्रमहासंघ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा ५  सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरिएको थियो ।

 सुनुवारसहित अनिल बुढा, सृजना सुब्बा, अरुण प्रधान, भुपेन्द्र गुरुङ रहेका समितिले पहिलो चरणमा पूर्ण तथा छोटो चलचित्र र वृत्तचित्र गरी दर्ता भएका ४६ वटा मध्ये २४ वटा छनौट गरेरपठाएको विज्ञप्तीमा उल्लेख छ । त्यसमध्येबाट प्रत्येक जातिय संस्थाहरुले आफ्नो जातिको एउटा पूर्ण चलचित्र छनौट गरी महोत्सवमा पठाएको जानकारी विज्ञप्तीमा छ ।  गुरुङ समुदायबाट ‘भेडीगोठालो’, तामाङ समुदायबाट ‘सेम कि तम’, नेवार समुदायबाट ‘स्वयनगु’, मगर समुदायबाट ‘रैया’, राई समुदायबाट ‘यारी’, शेर्पा समुदायबाट ‘टिन्छेन फमा’, लिम्बु समुदायबाट ‘साम’, मनाङ समुदायबाट ‘मनाङ्गे नानी’, याक्खा समुदायबाट ‘ओम्ला’ महोत्सवमा प्रदर्शनको लागि छनौट गरिएको विज्ञप्तिले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुलाई विभिन्न १२ वटा विधामा निफ्फ अवार्ड २०१८ प्रदान गरिनेछ । उत्कृष्ट पूर्ण चलचित्र, उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट कथा, उत्कृष्ट भेषभुषा, उत्कृष्ट निर्देशक, उत्कृष्ट छायांकन, उत्कृष्ट अभिनय कला, उत्कृष्ट संगीत लगायत दर्शकको छनौटको उत्कृष्ट चलचित्रले अवार्ड प्राप्त गर्नेछन् । यसका साथै उत्कृष्ट चलचित्र तथा वृत्तचित्रलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार उत्कृष्ट एक पूर्ण चलचित्रलाई १ लाख २५ हजार रुपैयाँ र निफ्फ अवार्ड २०१८, उत्कृष्ट एक लघु चलचित्रलाई ३१ हजार रुपैयाँ र अवार्ड दिइनेछ । त्यस्तै उत्कृष्ट एक वृत्तचित्रले पनि ३१ हजार रुपैयाँ र अवार्ड प्राप्त गर्नेछ । निफ्फ अवार्ड २०१८लाई  निष्पक्ष र विवादरहित बनाउनको लागि चलचित्र क्षेत्र,  सञ्चार क्षेत्र, अधिकारकर्मी तथा  कला र संस्कृति क्षेत्रमा आवद्ध विभिन्नव्यक्तिहरु सम्मिलित निर्णायक समिति (जुरी) बनाइएको छ । समितिमा सञ्चारकर्मी शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, रोज लामा, लिला राई, छिरिङ रिञ्जिन गुरुङ रहेका छन् । त्यसै गरी लघु चलचित्र र वृत्तचित्र छनौटको लागि फिप्ना संघिय परिषद्का सभामुख विनोद पोमोको संयोजकत्वमा मच्छे देवी गुरुङ र ङिमा पाख्रिन सम्मिलित ३ सदस्यीय निर्णायक समिति गठन भएको छ ।

फिप्नाका महासचिव प्रेम गुरुङका अनुसार महोत्सवमा विभिन्न जातिय साँस्कृतिक कार्यक्रम तथा कला र संस्कृति झल्कने मनोरन्जनात्मक प्रस्तुतिहरु समेत देखाईने छन् । दर्शकहरुको मतको आधारमा उत्कृष्ट प्रस्तुति गर्ने समूहले ५ सय डलरको नगद पुरस्कार समेत प्राप्त गर्नेछ । ‘आदिवासी संस्कृतिककार्यक्रम’ व्यवस्थापनको लागि राप्के लामा संयोजक रहेको सांस्कृतिक समितीमा सदस्यद्वय केशव राम राई र गोमा योञ्जन रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...