प्रबाशबाट तिजको न्यास्रो मेटाउदा ….


कोरिया,

परापुर्ब कालदेखि मानिदै आएको समग्र नेपाली नारीहरुको माइती चेलिको कथामा आधारित दिनलाई तीजको नामले चिनिदै आएको छ । हुन त यो चाडको बारेमा के थियो र कस्तो थियो भन्ने कुराको कुनै ईतिहास मलाइ थाहा छैन ।तर बिबाह पस्चात पराइ घरमा पुगेका चेलिहरु माइती जाने र बर्ष दिनका मर्म र पिडालाइ गीत मार्फत माइती लाई सुनाएर आफ्नो मनको पिडालाइ हलुको बनाउने पर्ब को रुपमा लिइन्छ ! गितहरु लगायत अन्य धेरै पक्षमा व्यापक परिबर्तन आएता पनि अझै बेदनाका गीत हरुले भने चेली माइतिको सम्बन्ध को अवस्था लाई पहिलेकै रुपमा दर्शाएको पाइन्छ ।

जस्तै,

घाट पारी दियौ बाबा हामिलाइ ,

हामिलाइ लिन को जाला ?

जेठा दाजुले जान्छु त भन्लान् ,

जेठि भाउजुले जान नदेलिन।

बर्ष दिनको तिज आयो , बाबा माया लाग्यो !

जान्छु मेरो राजै माइतिको देश !

घोडिया कसौला,भरिया पठाउला तिमरा बाबालाइ यहि झिकाउला !

झिकाएका बाबासंग कति माया फेरौला जान्छु मेरो राजै माइतिको देश !

बिगतमा यसरी चेलिले बिलौना गरेर माइती जानै पर्ने जिद्दी गरेको पाइन्छ । सायद त्यो दिन चेलिहरुको स्वतन्त्रताको अति महत्वपूर्ण दिन भनेर छुट्ट्याइएको थियो होला । तर अहिले धर्म,जात बर्गमा बिभाजन गरेर अझै भ्रममा पारेर पतिब्रता नारीको महान पर्व तीज भनेर प्रचार गरिदै छ ! यदि पतिबर्ता नारि हुन भने किन तीजमा माइती जान्छन ? किन तीजमा उफ्रि उफ्रि नाछन ? किन तीजमा पीडा बोध गीत गाउछन ? किन त्यो दिन नारिले स्वतन्त्रताको महसुस गर्छ्न ? पतिको लामो आयुको लागि ? हामी महिलाले पनि खण्डन गर्न जरुरी छ ! पितृ सत्त्तात्मक सोचका सामन्ती ब्यक्तिहरुले तत्कालीन महिलाहरुलाइ भोगको साधनका रुपमा लिएर दमन राखेर बिभिन्न अधिकारबाट पनि बन्चित गरेका थिए ।

त्यही दमनचक्रलाइ नै तिजको दिन चेलिले गित मार्फत सबै कर्तुतहरु छताछुल्ल पार्न थालेका हुन आज त्यहि सामन्ती सोचको उपज स्वरुप नेपाली महिलाहरु पछाडि मात्र परेनन् लाखौको सन्ख्यामा बिदेशिएर अनेक दुख झेल्न बाध्य बनेका छन् ।आफ्नै देशमा भएकाहरु आफ्नै बुबाबाट , आफ्नै छिमेकीबाट , आफ्नै आफन्तबाट बलात्कृत भएर बसेका छन् ।खै महिला अधिकार ? आधुनिकता सगै किन महिला माथि यति धेरै अमानबिय व्यवहार हुन्छ ? महिला संबेदनसिलताका बिषयमा राज्य किन जहिल्यै मौन जस्तो रहन्छ ? उदाहरणका लागि कंचनपुरकि निर्मला पन्तको बलात्कार र हत्याको बिषयलाई हेरौ ।मैले निर्मला बहिनिलाई बिम्बको रुपमा मात्र प्रस्तुत गरेको हो त्यस्ता कहालिलाग्दा घटना दिन दुई गुना रात चौगुना बढ्दै गैरहेका छन् ।

बिगतमा कोहि कोहि श्रीमान , सासू-ससुरा देवर -जेठाजु , नन्द-आमाजुहरुको हेलालाइ लिएर तिजको गित गाइन्थ्यो तर अहिले आएर यस्ले झनै बिकराल रुप लिएको पाइन्छ ।आधुनिकताका नाममा महिलाहरुलाइ शो-पिस बनाउने समाज र बुद्दिजिबी , महिलाहरुको मौलिक स्वतन्त्रताका नाममा प्रयोग गर्ने धन्दा , महिलाहरुलाई प्रयोग गर्दै धर्म र जातित्वको नाममा अस्थिरता निम्त्याउने खेलाडी हरुको यहाँ बिल्कुल कमि छैन ।यस्ता अराजक महाशयहरुलाइ यो कुरा थाहा छ कि महिलाहरुलाइ अघि आफ्नो स्वार्थ पूरा हुन्छ । अहिलेको अबस्था झन् सिमित स्वार्थिहरुको पन्जामा अडेको छ । नारी स्वतन्त्रताको एक दिनलाई पतिको लामो आयु बढाउने बहानामा धर्ममा भट्मर्‍याएर आफ्नै बमनचक्रमा परियो भने जातित्वको नाममा रातासारी नलगाउने उर्दि जारि गरियो ।

के धर्ममा श्रीमानको आयु श्रीमतिका कारण लामो हुन्छ भनेको छ ? कुनै श्रीमानले आफ्नो श्रीमतीको आयु लम्ब्याउने भनेर कहिल्यै भोको बस्छ ? बस्ने कुनै चाड छ ? अनि नारीलाइ मात्र किन ? जातजातिका नाममा डलरका खेती गर्ने डलर बादी हो राम्रो सग सुन जात र लिंगलाई भड्काएर सामाजिक सद्भाव बिथोल्ने चेस्टा नगर । गेरु बस्त्र लगाएर सामान्य धार्मिक सनातनको नियम समेत थाहा नभएका धर्मभिरुहरुले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने खेल नखेल ।

तिजका दिनमा रातो लगाएर ननाच्नु भनेर उर्दि जारी गर्ने कु-नेताहरुलाई सोध्न चाहन्छु जनजातिका पुरुषहरुले बिदेशी राता टाइ शुट लाएर बिदेशी गीतमा नाच्न हुन्छ महिलाले स्वदेशी रातो साडी लाएर नाच्न हुदैन ? यहाँ सबैले मनन गर्नु पर्ने यो छ कि यी सबै नाजाएज हत्खण्डा हुन। केवल महिलाहरुलाइ घुमाइ फिराइ दमनचक्रमा राखन खोजिएको खेल हो । अहिलेको परिवर्तनशिल समयमा धर्म र जातीयताको नाममा महिलाको अधिकारलाई हनन गर्न खोज्ने पुरुषहरुलाइ अब महिलाहरु नै सचेत भएर पाठ सिकाउन र प्रश्न गर्न जरुरि छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...