छुसकमा थारु कल्याणकारी सभाले भेटघाट तथा श्रद्धान्जली सभा गर्ने
कोरियाको चाड छुसक पहिलो दिन अर्थात सेप्टेम्बर २३ मा थारु कल्याणकारी सभाले भेटघाट तथा श्रद्धान्जली सभा गर्ने भएको छ । सभाको सल्लाहकार ओमप्रकाश चौधरी र प्रमोद चौधरीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको हो ।
‘हामीले दक्षिण कोरियामा भएका सबै थारु साथीभाइलाई यस्तो दुखद घडीमा भेटघाट गरि थारु कल्याणकारी सभा र विदेशमा हुने दुःखको बारेमा छलफल गर्नेछौ ।’ थारुकल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले भने । ‘दक्षिण कोरयामा भएका साथीभाइको पीडा सुन्ने सुनाउने अबसर पनि हुन्छ यो कार्यक्रम ।’ उनले थपे ।
थारु कल्याणकारी सभाले गरेको कामको पनि जानकारी दिने आयोजकले बताएको छ । कार्यक्रममा दक्षिण कोरियामा रहेका सबै थारुहरुलाई उपस्थित भइ सफल परि दिन आग्रह समेत गरेको छ ।
कार्यक्रम हुने स्थान मिति र स्थान
स्थान :शुभेच्छा मार्ट दोङ्देमुन
समय : दिनको ठीक १ वजे
मिति : २०१८ सेप्टेम्बर २३