मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले सेप्टेम्बर 24 मा कार्यक्रम गर्दै


कोरियाको दोस्रो ठूलो चाड छुसकको अबसर पारेर सेप्टेम्बर 24 का दिनमा नेपाल मुक्तक प्रतिष्ठान काेरिया शाखाले सौल स्थित नेपाल हाउसमा बृहत रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।
यस कार्यक्रममा बिशेष गरेर कोरीयामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका सर्जकहरुले आ-आफ्ना रचना वाचन गर्नेछन । प्रतिष्ठान कोरिया शाखाले यस अगाडि पनि थुप्रै कार्यक्रमहरु गर्दै आएको छ भने आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष राम्चन्द्र शर्माले बताउनुभयो । लुकेको प्रतिभालाई प्रस्फुटन गराउने ,श्रष्टाहरुको मनोबल बढाउने,साहित्यमा लाग्न थप उर्जा प्रदान गर्ने, सिर्जनशीलता मा वृद्धि गर्ने तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न परदेशबाट टेवा पुर्याउने लक्ष्य राखेको कार्यक्रम संयाेजक जनक सन्यालले बताउनु भयो ।
यसै अबसरमा कोरियामा रहेर नेपाली मुक्तकमा निरन्तर योगदान पुर्याउदै आउनुभएका ३ जना श्रष्टा सन्तोष अम्गाईं , डीआर न्यौपाने ‘सूर्य’ संजय घिमिरेलाई सम्मान कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रम लगायत सस्थाले सम्पूर्ण सस्थाका सदस्यहरूलाई सदस्यता पत्र पनि वितरण गर्ने भएको छ । उक्त कार्यक्रम भव्य र सभ्य रूपले सफल पार्नको निमित्त कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
सम्पर्क:
अध्यक्ष : रामचन्द्र शर्मा 010 59439859
महासचिव : भोजराज घोडासैनी 01067458557
कार्यक्रम संयाेजक : जनक सन्याल 01057369410

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...