कोरियामा सवारि दुर्घटनामा परि अर्का एक नेपालीको मृत्यू


साइकल दुर्घटनामा पर्साका ओमप्रकाश चौधरीको मृत्यू भएको एक हप्ता नबित्दै आज अर्को एक नेपालीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । आज विहान दक्षिण कोरियाको ख्याङसाङनाम्दो छाङन्यगुन नाम्जीमा आफैले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा प्युठान घर भएका नारायण जिसीको ज्यान गएको हो ।
उनी दक्षिण कोरियामा आएको तीन महिना मात्रै भएको कम्पनीमा सँगै काम गर्ने साथीले जानकारी दिएका छन् । उनी काम गर्ने कम्पनीमा तीन जना नेपाली काम रहेको र हिजो ढिलासम्म साथीभाइ मिलेर रमाइलो गरेको थाहा भएको छ । साथीभाइ रमाइलो गर्दा गर्दै साथीको मोटरसाइकल लिएर बाहिर निस्किएका जिसी दुर्घटनामा परेका थिए ।
‘ठूलै दुर्घटना भएको भन्छन् । मोटरसाइकल सडकको भित्तामा ठोकिएर दुर्घटना भएको हो रे ।’ गैह्र आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले भनिन् । ‘मलाई बिहानै फोन गरेका रहेछन् । सुरुमा त थाहा भएन । तर पछि कुरा भयो । दुर्घटना पछि प्रहरीले नै नेपाली राजदुताबासमा जानकारी गराएको रहेछ ।’ उनले भनिन् ।
दुर्घटनाको जानकारी नेपालमा परिवारलाई दिएको नेपाली राजदुताबासले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • काठमाण्डौंमा घर जित्न तीन साता बाँकी
  • छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो
  • दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...