मजदुर युनियनको आयोजनामा सउलमा विशाल र्याली तथा विरोध सभा हुने
आप्रावासी मजदुर युनियन (MTU)र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (KCTU) ले अक्टोबर १४ आइतबार दक्षिण कोरियाको राजधानी सउलमा विशाल विरोध र्याली तथा सभाको आयोजना गर्ने भएको छ ।
स्वइच्छाले कम्पनी परिवर्तन गर्नु पाउनुपने, कम्पनीले खानबस्न सुबिधा दिएबापत तलबको बीस प्रतिशत सम्म काट्न पाउने जारि गरेको निर्देशिका खारेज गर्नुपर्ने, हालै सरकारले आगमी बर्ष देखि लागु हुने तलब बृद्धि कम्पनी व्यावसायीले घटाउनु पर्ने भनि राखेको माग फिर्ता गर्नु पर्ने, रोजगार अनुमति प्रणाली (इपिएस) खारेज गरि कार्य भिसा प्रणाली (WPS) लागू गर्नुपर्ने लगाएतको माग राख्दै र्यालीको आयोजना गर्न लागिएको एमटुयूका अध्यक्ष उदय राईले बताए ।
त्यसैगरि कृषि क्षेत्रको मजदुर कानुनको धारा ६३ खारेज गर्नुपर्ने, प्रबासि महिला श्रमिकलाई गरिने भेदभाब र दुव्र्यावहार बन्द गर्नुपर्ने, बिनाभिसाको आप्रबासीलाई भिसा प्रदान गर्नु पर्ने अध्यक्ष राईले थपे । नितिनियम इपिएस श्रमिकको पक्षमा भन्दा पनि कम्पनी साहुको पक्षमा धेरै रहेको छ । कोरियामा काम गर्ने बिदेशी र कोरियन कामदारलाई समान रुपमा व्यवहार गर्न दबाव दिनको लागि र्यालीको गर्न लागिएको आयोजकले बताएको छ ।
कार्यक्रम सउल सिटिहलमा सभा हुनेछ भने रास्ट्रपति भबनसम्म र्याली जाने एमटियु महासचिब मधुसुदन ओझाले बाताए । उक्त र्यालीमा नेपाल लगायत बंगलादेश, इन्डोनेसिया, श्रीलंका, म्यानमार, उज्वेकिस्तान, थाइलेनड, भियतनाम लगायतका करिब दस हजार आप्रबासि मजदुरहरुको सहभागी हुनेछन् ।