छुसकमा राजन गुरुङ र प्रिति आलेको लाईभ दोहोरी हुने


 

यहि आउंदो छुसकको पहिलो साॅझ ङोलो ङोल्स्यो ग्रुप दक्षिण कोरियाको आयोजनामा पहिलोपटक ङोलो ङोल्स्यो(सोल्टी सोल्टिनी)लाईभ दोहोरी साँझ साथमा डान्स धमाका २०१८ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।

कोरियामा रहेका लोक तथा दोहोरी गीत-संगीतका पारखीहरुलाई विशेष लक्षित गरी हुन लागेको उक्त कार्यक्रम २३ सेप्टेम्बरको बेलुका ७ बजे देखि शुरु भएर २४ को बिहान ५ बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन ।

नेपालबाट आमन्त्रित अहिलेको चर्चित राष्ट्रिय कलाकारहरुको साथमा कोरिया मै रहेका कलाकारहरुको प्रस्तुतीमा उक्त कार्यक्रम हुने भएको हो । नेपाली लोकदोहोरी फांटमा दुई बर्ष यताकै चर्चित मौलिक लोकदोहोरी गीत उहि खोलीमा पानी उहि खोलीमा माछाका गायक राजन गुरुङ र चर्चित लोकदोहोरी गीत फुल्यो बामरी, युवा पुस्ताको रोजाईमा पर्न सफल दोहोरी ब्याटलकी गायिका बेली डान्सर प्रिति आले कार्यक्रमको मुख्य आकर्षण हुन् ।

यसैगरि कोरियालाई कर्मथलो बनाएर लोकदोहोरी फाँटमा उदयमान मौलिक सालैजो गीत पर्ख नानीकी गायिका शान्ती गुरुङ र मायाको फांसीकी गायिका रमिला गौतम ,लोकदोहोरी गायक गोमेश केसि,लोकदोहोरी गायक कृष्ण पाण्डे क्षेत्री साथै भर्सटायल गायक पुरन गुरुङको लाईभ दोहोरी घम्सा घम्सीको साथमा रोधीं ब्याण्डका संगीतकार दिलिप गुरुङ र साथीहरुको लाईभ संगीतको विशेष प्रस्तुति रहनेछ । यसै गरि ङोलो ङोल्स्यो ग्रुपका कलाकारहरुको सांस्कृतिक नृत्य प्रस्तुति पनि रहने आयोजकले बताएको छ।साथै कार्यक्रममा उपस्थित दर्शकहरुले पनि कलाकारहरु संग लाईभ दोहोरी गाउन सक्ने बताएको छ।

कार्यक्रम आयोजना गर्ने भनी सार्बजनिक गरिएको स्थान केहि प्राविधिक कारणले गर्दा परिवर्तन भएको छ ।कोरियामा हुंदै आएका नेपाली कार्यक्रमहरुको ईतिहासमै पहिलोपटक नेपाली कला र संस्कृति झल्किने फरक प्रकृतिको कार्यक्रम आयोजना हुन लागेकोले दर्शकको चाप अत्याधिक हुन सक्ने अनुमान का साथै व्यवस्थापनमा कुनै कमी नहोस भनी सौल थाप्सिम्नीमा अवस्थित अत्याधुनिक सुविधा सम्पन्न हलमा कार्यक्रम गर्ने तय भएको जानकारी आयोजकले बताएको छ।

कार्यक्रम आयोजना स्थलमा विभिन्न प्रकारको स्वादिष्ट नेपाली परिकारहरुको स्टल पनि रहनेछ। कोरियाबासी सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरु,समाजसेवी,पत्रकार,खेलाडी,विधार्थी लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम हुने
मिति: २३ सेप्टेम्बर २०१८ (छुसकको पहिलो सांझ)

समय: बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजे सम्म

स्थान: थाप्सिम्नी प्रोग्राम हल ,थाप्सिम्नी सौल

जाने तरिका: सौल मेट्रो लाईन नं ५ थाप्सिम्नी स्टेशन गेट नं १(एक)
बाट पैदाल २ मिनेट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...