छल्लानाम्दो ख्वाङ्जुमा ‘दशै धमाका डान्स पार्टी’ हुने


छल्लानाम्दो ख्वाङ्जुमा आगामि अक्टोबरको ६ तारिक शनिबारका दिन ‘दशै धमाका डान्स पार्टी’ हुने भएको छ । नेपालिहरुको ठुलो चाड दशैको अबसर पारेर सबैलाइ मनोरन्जन दिलाउन डान्स पार्टीको आयोजना गरेको आयोजकले बताएको छ ।
पिस एण्ड ब्राइट युथ ग्रुपको सकृयता र आयोजनामा हुन गैरहेको उक्त डान्स पार्टीलाई चर्चित डिजे ‘के-नोन’ ले आफ्नो म्युजिकल प्रस्तुत दिने बताइएको छ । उक्त दिन बेलुका १० बजे देखि बिहान ४ बजे सम्म ननस्टप म्युजिकमा रमाउन सकिने समेत आयोजकले बताएको छ ।
दशै धमाका डान्स पार्टी लाई भब्य रुपमा सफल पार्न आयोजकका तर्फबाट कुनै कसुर बाकी नराखेको आयोजक टिम प्रमुख रिन्जी शेर्पाले बताएका छन् ।यो ग्रुपले बिगतका बर्ष हरुमा पनि नियमित डान्स पार्टी आयोजना गरेर नेपाली दाजु भाइ दिदी बहिनी हरुलाइ भरपुर मनोरञ्जन दिलाउदै आएको शेर्पाले बताए।
यस पटक बिगतको भन्दा अझ पृथक तरिकाले नेपाली हरुको चाडलाइ मनाउने गरि कार्यक्रमको तालिका तयारी गरिएको सकु थापाले बताइन् । कार्यक्रमबाट आएको मुनाफालाई बिगतका कार्यक्रम हरुमा जस्तै सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएका छन् । यसपटकको दशै धमाका डिजे ‘के-नोन’ को म्युजिकको तालमा मनाउन आगामी ६तारिक शनिबार ख्वाङ्जु लगायत आसपासका दाजु भाइ दिदी बहिनीहरुलाइ ‘५७ पार्टी टाउन सिने’मा उपस्थित हुन टिम प्रमुख रिन्जी शेर्पाले अनुरोध गरेका छन् ।
दशै मनाउदै सामाजिक कार्यमा सहभागी हुने यो अबसरलाई नछुटाउन आयोजकले हार्दिक अपिल गरेको छ । साथै केहि कन्फ्युज भएमा आयोजक टिम प्रमुख रिन्जी शेर्पा सहित सकु थापा ,मिलन ज्ञवाली, सोनि तामाङ, अनिता अधिकारी,बिनोद परियार ,हरि शर्मा लामिछाने,निराजन थापालाई सम्पर्क गर्न सकिने जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...