कोरियामा दूताबासले संविधान दिवस मनाए


दक्षिण कोरिया स्थित नेपाल राजदूताबासले सउलमा विहीबार संविधान दिवस तथा नेपाल दिवस संगै मनाएका छन् । कार्यक्रमलाई प्रमुख अतिथि कोरियाका बहुपक्षिय तथा विश्व ममिला उप मन्त्री जोन सिक कागं र नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रमुख आतिथी कांगले नेपाल र कोरियाको चार दशक लामो मैत्रीपुर्ण द्धैत्त सम्बन्धलाई अझ प्रगाढ बनाउदै जाने बताए । साथै कोरियाका राष्ट्रपति मुन जे इनले नेपालमा पटक पटक भ्रमण गरी व्यक्तिगत सहयोग गरिरहेको स्मरण गराउदै नेपालको विकासमा कोरियाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदार मध्ये नेपालीहरु मेहनती, इमान्दार र लगनशिल भएको बताउदै नेपाल कोरियनहरुको लागि मन पर्ने देश भएको पनि थपे ।

राजदूत सिंहले हालै दक्षिण र उत्तर कोरियावीचको विकासन्मुख शान्ति सम्झौताप्रति खुशी व्यक्त गने । उनले नेपालमा विदेशी लागनी गर्ने देशहरु मध्ये दक्षिण कोरिया पाँचौ स्थानमा रहेको बताउदै विषेश गरी विद्युत, निमार्ण र हेटल क्षेत्रमा कोरियन लगानी रहेको उल्लेख गरे । नेपालमा बुद्धको जन्म स्थान लुम्बिनी र हिमालय मन पराउने कोरियनहरु नेपालको पर्यटकहरु मध्ये ३७ प्रतिशत रहेको बताए ।

कोरियामा ३६ हजार इपिएस कामदार १५ सय विद्यार्थि र १ हाजर जति विवाह गरेका नेपालीहरु रहेको बताए । कार्यक्रममा निजि भ्रमणमा कोरिया आएका नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा। प्रकाश शरण महतको पनि उपस्थिती रहेको थियो ।

सउल स्थित पाँच तारे होटल लोट्टेमा आयोजित कार्यक्रममा विभिन्न दूतावासका प्रतिनिधी लगायत कुटनीतिक वर्ग र नेपाली संघ संस्थाका प्रतिनिधी गरी करिब दुई सय जनाको उपस्थिती रहेको दूताबासले जनाएको छ । साथै नेपालबाट आएका लोक गायिका रितु घर्तीले संगीतिक प्रस्तुती दिएकी दिइन । रात्री भोजमा सेलरोटी, मम, पकौडा र सेकुवा लगायत नेपाली खानाका परिकार पनि राखिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...