थारु कलयाण कारिणि सभाद्वारा मृतक चौधरी द्वयको श्रद्धाञ्जली सभा सम्पन्न
सउल । थारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा यहाँ मृत्युभएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरि(पर्सा) र प्रमोद चाैधरि (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दै थाकस दक्षिण कोरयाका अध्यक्ष शिब चाैधरीले मृतक प्रती संवेदना व्यक्त गर्दै यहाँ मृत्युु भएका दुई ब्यक्तिको परिवारलाई सकेको आर्थिक सहयोग गर्ने बताए । उनले भने कोरियामा रहेका सामाजिक, जातिय तथा क्षेत्रीय संघसंगठनका सहभागीहरुलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गर्दछु।”
कोरियामा छरिएर रहेका करिब तिन दर्जन थारुदमुदायको ब्यक्तिहरुको उपस्थितिमा मृतक द्वयको फोटोमा पुष्पगुच्छा तथा माल्यारपन गरिएको थियो । सेप्टेम्बर ३ मा प्रमोदको आफ्नै होस्टेलमा सुतिरहेको बेलामा र अोमप्रकासको उनी चढेको साइकल लाई गाडिले ठक्कर दिएपछि हस्पिटल लगिएकोमा उपचारको क्रममा सेप्टेम्बर ९ मा मृत्यु भएको थियो ।
श्रद्धाञ्जली सभा संगै अन्तर्कृया तथा परिचय कार्यक्रम गरेको थियो। कार्यक्रममा थाकस द. कोरियाको वर्तमान अबस्था र भावी योजनाको बारे पनि छलफल भएको जानकारी थाकस द.कोरियाको वरिष्ठ उपाध्यक्ष शिवशंकर महत्तो ले दिएको छ ।