३० लाख कोरियन वोन सहित गुन्सान एन एफ सी समुह विजेता


गुनसान नेपाली समाजद्वारा आयोजित तेस्रो गुनसान नेपाल कप -२०१८ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार भएको फुटबल प्रतियोगितामा GUNSAN N. F. C. विजेता भएको छ भने उपविजेता MAJEON F.C. भएको छ । प्रतियोगितामा विजेता टिमलाई ३० लाख कोरियन वोन साथै उपविजेता टिमलाई १५ वन सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा BEST PLAYER को उपाधि GUNSAN N. F. C. का खेलाडी गणेश राईले जितका छन् भने  HIGHEST SCORER को उपाधि दिनेश राई, BEST GOALKEEPER को उपाधि सफल बस्नेतले जितेका छन् । त्यस्तै FAIR PLAY TEAM को उपाधि EVEREST F.C.BUSAN  र BEST MANAGER को उपाधि गुनसान एनएफसि टिमका टिम म्यानेजर नविन थापालाई प्रदान गरिएको छ ।

दक्षिण कोरियाको झल्लाबुक्दो, गुनसान स्थित ओसिक्दो दोङ्गको २ वटा खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा १२ समूहले भाग लिएको थियो । उक्त प्रतियोगितामा सहभागी समूह तथा प्रतियोगिता भरि आ-आफ्नो फुटबल टिमलाई समर्थन गर्न आउनुहुने सम्पूर्ण दर्शकहरुलाई पनि आयोजकले धन्यवाद प्रकट गर्र्दै विजेता र उपविजेता समूहलाई बधाई सहित थप सफलताको शुभकामना व्यक्त गरेको छ । दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहेका नेपालीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबल प्रतियोगिता आयोजक गुनसान नेपाली समाजका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूप्रति पनि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ(सहयोगको अपेक्षा र आशा पनि गरेको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...