ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशन सम्पन्न अध्यक्षमा कान्छाबाबु ह्योल्मो निर्वाचित
ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिबेशनबाट अध्यक्षमा कान्छाबाबु ह्योल्मो निर्वाचित भएका छन् । सोमबार भएको अधिबेशनसँगै ह्योल्मो समाजले बार्षिक वनभोज कार्यक्रम पनि गरेको थियो ।
कोरियाको मनोरम पर्यटकीय स्थल नमयांग्जूको नामु सारंग केम्पमा वनभोज कार्यक्रम भएको थियो । आइतबार भएको वनभोजमा कोरियामा रहेका ह्याल्मोहरुको सहभागिता रहेको थियो भने नेपालबाट ह्योल्मो समुदायका अगुवा रेन्जेंन ग्युर्मी ह्योल्मो प्रमुख अतिथी थिए । कार्यक्रममा बोल्दै उनले विदेशमा आफ्नो समुदायको आफन्तहरु भेटघाट गर्दै आफ्नै बिषयमा छलफल गर्न पाउनु ठूला उपल्ब्धी भएको बताएका थिए ।
कार्यसमितिका निवर्तमान अध्यक्ष पेम्बा दोङ्वा ह्योल्मोले आफुले गरेका कामहरु पछिल्लो कार्यसमितिले पनि निरन्तर दिदै नयाँ नयाँ काम गर्दै जान सुझाब दिए । ‘काम गर्दै जाँदा बाधा अप्ठ्याराहरु आउँछन् । मिलेर जानु पर्छ । नयाँ कार्यसमितिलाई शुभकामना छ ।’ उनले भने ।