परेलिमा तिमी आउदा नामक गीतको लिरिकल भिडियो सार्वजानिक
परेलिमा तिमी छाउदा मन छुने उमङ्ग छ
तरेलिमा तिमी आउँदा तन छुने तरङ्ग छ
बोलको गीतकाे लिरिकल भिडियो सार्वजानिक भएकाे छ। दक्षिण कोरियामा रहेका गितकार तथा गजलकार हेमन्त माबोकाे लेखेकाे गीतलाइ कुशल इन्टरटेन्मेन च्यानलबाट सर्वजानिक गरिएको हाे । गीतमा कुशल थलङको आवाजमा छ भने दक्षिण कोरियामा नै रहेका कृष्ण कुमार राईले संगीत भरेका छ्न । यो गीत समिप एल्वममा समावेश हुनेछ ।
दक्षिण काेरियामा नेपाली गीत संगीतप्रति आकर्षित हुने युवाहरुको जमात छ । हामीले गरेकाे याे गीत पनि युवाहरूकाे श्रृर्जना हाे । संगीतकार कृषण कुमार राइले भने । बास्तवमा भन्नु पर्दा गीत संगीत नभएको भए मान्छेको जीवन नुन बिनाको तरकारी जस्तो खल्लो हुन्थ्यो होला । आफ्नो जन्मभुमी बाट टाढा परदेशमा भएर पनि नेपाली गीत संगीतलार्इ माया देखाउनु राम्राे भएकाे गीतकार हेमन्त माबाेकाे भनार्इ छ । माबाेले अाफ्नाे गीतलाई लाईक शेयर कमेन्ट गर्न अाग्रह गरेका छन् ।
लिरिकल भिडियो तल रहेको लिन्कमा क्लिक गरेर हेर्न र सुन्न सक्नु हुनेछ