के तपाईलाई थाहा छ? तपाई ,हामीले प्रयोग गर्ने खादाको अर्थ र महत्व वारे ?


सौल,  पहिला बौद्धधर्माबलम्बीहरुले मात्र विशेष रुपमा प्रयोग गर्ने खादा अहिले हरेक समुदायको सम्मान कार्यक्रम होस या भेटघाट तथा विदाई कार्यक्रम होस खादा लगाइदिने चलन चलेको छ । अचेल नेपाली समुदायले बडी नै खादा प्रयोग गर्न थालेका छन् जुन सकारत्मक पक्ष हो। तर पछिल्लो समय खादाको सामान्य अर्थ महत्व वारे मानिस हरुमा ज्ञान नहुदा खादाको विशेषता र महत्व नै संकटमा पर्न थालेको छ ।
अहिले नेपाली बजारमा टोपी र दौरा सुरुवाल सिउने टालो लाइ समेत खादा भनि प्रयोग गर्दै आइरहेको छ जुन विश्व बजारमा जाडो मौसममा घाँटी गल्बंधी भनेर परिचित छ। यो खादासंग तुलना गर्नु गलत हुने बौद्धमार्गीहरुको भनाइ छ । अहिले नेपालीहरुले बिशेषत विभिन्न महत्वपुर्ण कार्यहरु गर्दा यो खादा प्रयोग गर्दै आइरहेका छन् ।
जस्तै जन्म दिनको बधाई दिने देखि विवाह,मृत्यु , स्वागत, बिदाई , सभा, सम्मेलन, पुजा पाठहरु जस्ता कार्यमा प्रयोग गर्दै आइरहेको छ । इतिहास हेर्ने हो भने यो खादा सदियौंदेखि विशेषत बोद्धमार्गीहरुले हरेक शुभ कार्यमा प्रयोग गर्दै आइरएको पाइनछ। त्यसो त यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनु भन्दा पहिलेदेखि चलिआएको इतिहासका जानकारहरु बताउछन् । तर त्यस बेला सेतो रंगमात्र चलाउने प्रचलन रहेको जानकारहरुको दाबि छ। अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याउने गरेको बौध्द गुरुले बताए ।
खादाको अर्थ र महत्व वारे जानकारी ।
खादामा टाशी ताकगे अर्थात अष्टमंगलको चिन्ह हुन्छ र चारओटा शुभ आर्शिबादको हरफ हरु लेखेका हुन्छ्न । खा =हिउँ, ताक = चिन्ह अर्थात लगाउने । खाताकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइदिनु हो ।
१. ङिन्मो देलेग छेन्देलेग : दिनमा पनि शुभमंगल होस र रातमा पनि शुभमंगल होस् ।
२. ङिन्मोइ गुङ्याङ् देलेगसिं : दिनमा पनि त्यसैगरि शुभमंगल भैरहोस ।
३. ङिन्छेन् तकतु देलेक्पा : दिनरात सदा शुभमंगल होस्
४. कोन्छ्योग् सुमगी टाशीस्योग : त्रिरत्न (बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।
अष्टमंगल : यो बौद्धमार्गी र हिन्दुधर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ । यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्द्छ :
१. छाता : शिर
२. बिजयध्वज : शरिर
३. माछा : आँखा
४. कलश : घाँटी
५. कमलको फुल : जिब्रो
६. श्रीवत्स : छाती
७. शंख : ध्वनी, स्वर
८. चक्र : पैतला, यसले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ ।
खादा पाँच रंगको हुन्छ : यो रंगको अर्थ लामा अर्थात तिब्बती भाषा र नेपाली तथा हिन्दु धर्मीलम्बि हरुले मान्ने भाषामा फरक फरक रहेको छ ।
सेतो : वैरोचन बुद्ध, पहेलो : रत्नसम्भव, रातो : अमिताभ बुद्ध, निलो : अक्ष्योभ्य बुद्ध, हरियो : अमोघसिद्दि बुद्ध । नेपाली भाषामा सेतो = पवित्र, पहेलो = शान्ती, रातो = शक्ति, निलो = प्रगति, हरियो = शौभाग्य पाँच रंगले पञ्चतत्वलाई पनि जनाउदछ । रातो : अग्नि तत्व, पहेलो: पृथ्बी तत्व, निलो : आकाश तत्व, हरियो : जल तत्व, सेतो : वायु तत्व
(यो खादामा रहेको सम्बोट्लिपिलाइ बुद्ध बचन अनुबाद टीका शेर्पा, मिलन तामाङले अनुवाद गरेका हुन् ।)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...