दक्षिण कोरियाको सुवन शहर नजिकैे औधोगिक क्षेत्र ह्वासंगमा जलेको अवस्थामा एक नेपाली युवाको शब भेटिएको छ । गुल्मी पिपल धारा निवासी भानुभक्त खनाल जलेको अवस्थामा मृत भेटिएको श्रम सहचारी डिल्लीरामा बास्तोलाले जानकारी दिएका छन् । उनी कार्यरत कम्पनीको नजिकै एकान्त स्थलमा जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको थियो ।
आइतबार विहान करिब साढे दश बजेतिर कम्पनीका साहुले मृतकको शब देखेका थिए । इपिएस मार्फत कोरिया आएका मृतक खनाल चार वर्षदेखि मोटर पार्ट सम्बन्धी सोही कम्पनीमा कार्यरत थिए । ३३ वर्षिय अविवाहित खनाल आएदेखि नै त्यही कम्पनीमा कार्यरत रहेको र एक पटक पनि नेपाल घर नगएको रुम पार्टनर जीवन खड्काले जनाए । रक्सी नखादा राम्रो स्वभाव भएको तर खाएपछि खरब बानी भएको र अर्ध पागल झै हुने गरेको संगै बस्ने साथी खड्काले जानकारी दिए ।
प्रहरीले आत्माहत्याको शंका गरेको पनि खड्काले अनुमान गरे । घट्ना बारे प्रहरीले थप अनुसन्धान गरीरहेको श्रम सहचारीले जानकारी दिए ।