कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई १५ वर्ष जेल
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलि म्युङ वाकलाई भ्रष्टचार गरेको अभियोगमा १५ वर्षको जेल सजाय तोकिएको छ । सउल केन्द्रिय जिल्ला अदालतले शुक्रबार फैसला सुनाउदै उनलाई १ करोड १५ लाख डलर जरिवाना तोकिएको हो ।
पूर्व राष्ट्रपति ७६ वर्षिय लिलाई भ्रष्टचारको आरोपमा गत मार्च २२ तारिख पक्राउ गरी अप्रिल ९ तारिख दोषी ठहराइएको थियो । उनीमाथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अरबौ रकम लिएर माफी दिएको आरोपमा कारवाही प्रकृया अघि बढाइएको थियो। उनलाई घुस लिएको , कर छलेको जस्ता भ्रष्टचारको अभियोग लागेको छ ।
भ्रष्टचारको आरोपमा हाल जेल सजाय भोगिरहेका यस अघिका राष्ट्रपति भाक गुन हेको अभियोग संगै लि पनि भ्रष्टचारमा तानिएका थिए ।
राजनीतिक नेता र व्यवासयी लि सन २००८ देखि २०१३ सम्म दक्षिण कोरियाका राष्ट्रपति थिए । सन १९९६ देखि १९९८ सम्म राष्ट्रियसभाका सदस्य हुदै लि सन २००२ देखि २००६ सम्म सउल महानगरपालिकाका मेयर बनेका थिए ।