सुन्दा पनि खितखित हासेको थिए म। नहाँसु पनि कसरी? रमेशलाई रामेशु, रुपेशलाई रुपेशु, उमेशलाई उमेशु, सन्देशलाई सन्देशु भनेको सुन्दा । त्यहि बखत मैले एक लख काटेको थिए,”अम् यिनिहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याँऊदा रहेछन।” पछि मात्र थाहा पाए । मेरो त्यो लख नमिल्ने रहेछ। मेरो हाँसोको फोहोरा झँन भयांकर भएर आयो जब मैले अर्जुनलाई आजन भनेको सुने। तबमात्र म सतप्रतिशत फेल खाए मेरो ठहरमा । त्यो पनि सातौ चोटि घोकाउदै बोकाउदै रे। एकमनले त सोचे यी मनुवाहरुले छदमवेश त गरेका हैनन ? कस्ता प्रमादी मनुवाहरु ।
अर्जुन विस्तारै भन्छ,अर्जुन । मनुवा भन्छ अन्जुन ? ऊ अब हात हल्लाऊदै बोलिको सघनलाई स्पष्ट पार्छ। अर-जुँन । मनुवा सायस पुर्वक ओठ चलाउँछ अयर-जुन? धन्न ऊ अझैसम्म झिझिएको देखिदैन । काले,जंघे,बिरे र धनेको फेला पर्नुपर्छ। निमेशमै राईतालो मच्चिनेथ्यो । अर्जुन त पिऊरी जस्तै हल्का भएरै मात्र हो। फेरी मनुवालाई मानमिजास पनि राख्नै पर्यो। नत्र त जतिखेरै ताना दिन माहिर छन मनुवाहरु। अलमस्ति बनेर सुईकुच्चा ठोक्न पनि भएन । पछिपछि त ऊ पनि मनुवाले निचोरनाचोर वा कनिकुथि ऊच्चारण गर्दा हाईसन्चो मानिरहन्छ।आफ्नो शिर हजुर हजुर भन्दै आकाश र जमिनतिर हल्लाईरहन्छ।ऊसलाई पनि त औहाडा हुन्छ नि। अत:निचोड निस्कन्छ ऊसको नामऊपर।आजन।
नामकै बिषयमा यत्रो रैला गर्नुभन्दा त अर्जुनले बरु त्यहि नामलाई श्रेयस्कर मान्दै गाठो कस्छ। मनुवा आफुलाई आत्मश्लाघी ठान्दै कामतिर दौडिन्छ।अर्जुन दंगदास हुदै युवा ऊमेरमा आफ्नो न्वारानको नबिन नाम “आजन” कण्ठ गर्दै पछ्याउछ मनुवालाई। त्यो प्रातकालमा उसले यति भन्दा हासोसंगसंगै बिस्फोटित आवाजलाई हातको ढाल बनाएर जबरजस्त थुन्ने चेष्टा गर्छु म।
साजन अधिकारि। अर्को एक मित्रको नाम। बढो मृदु मुस्कान दिदै कार्यस्थलमा पहिलोचोटि प्रवेश गर्छ। साजन आमोदित भई आधा जीऊ निहुराऊदै आफुलाई मुकाम गर्छ। शुरुमा अलि दहकस मान्दै एक अधबैसे कोरियनले कुनाको एक सन्दुक खोल्दै कपडाका पन्जा र नाक मुक ढाक्ने सेतो माक्स दिदै सोध्छ। “ईरुमी म्वया?”(नाम के हो)। साजनले एकै हरमा भन्छ,”साजन अधिकारि।”
मलाई लाजसंगसंगैको मिश्रित हासोले एकैचोटि छोप्न शुरु गर्छ। बरु लाज पचाईएला, तर हासो दबाऊन मुस्किल छ यहा। मुन्टो हल्लाऊदै,चेहरा बिगार्दै ऊल्टै प्रश्न गर्छ ऊ। स्याछन आथिका? बाफ्रे!मेरो हासोको फोहोरा कहा रोकिन्थ्यो र? नेपाली नामलाई एकैछिनमा रेगिस्थिनी नाम बनाईदिदा। नामको के हर्जो छ र यहा? म भित्र झन परिहास उत्पात हुदै अन्तस्करणबाटै अचाक्लि चुलिएर आयो।
अनि फुत्त मुखबाट ऊफ्रियो दिल्लगीरुपि फोहरा। मैले जब्बरजस्त मुख छोपे र सुक्क सुक्क गरि आफुलाई एकैछिन ढाकछोप गराए। “प्रभु छिटै मोचन मिलोस।” मैले मनमनै याचन गरे। प्रश्नउतर झै दोहोरि चल्छ त्यहाँ।अधबैँसे त च्याठिदै थर्काऊछ पो।सुईजन मिल्यो? माजन मिल्यो? मिलेन हजुर। स्याजन? मिलेन। नाम त कसै गर्दा मिल्दै मिल्दैन।अह् अह् गर्दै साजन टाऊको हल्लाऊदै हास्छ मुसुँमुसुँ।घरिघरि मतिर हेर्छ। मलाई झन बेस्सरी बेस्सरि हासो ऊठ्छ। म मुख थुनेर फन्नक अर्कोपट्टि फर्कन्छु र शौच गर्न भन्दै दगुर्छु।
एक घण्टापछि ट्वाईलेटमै जम्काभेट हुदा सोधिहाल्छु खुसुक्क। नाम के जुर्यो साजन? उसले मोचित हुदै भन्छ।”आजन रे आजन।” म ट्वा पर्दै सम्झन्छु। साजन त कोरियन शब्द पनि हो नि। किन कन्जुस गर्छन ऊच्चारण गर्न। अरे!अर्जुनको पनि नाम आजन अनि साजनको पनि नाम आजन। हैन के पारा यो? कोरियनहरुका नाम हामी त स्पष्टसंग उच्चारण गर्छौ। किम जड़ ऊन। किम ह्यनहो। ऊ छल यन। फाक सड़ गील। के यिनीहरु सबैलाई एऊटै नाम राख्दा मिल्छ? राखिदिऊ खिमच्वा? हरे शिव! कसरी सपारु बिर्गिएको नाम !