अहिलेका चर्चित युवा गायक तथा सङ्गितकार सुहाङ लिम्बुको शब्द ,सङ्गीत र स्वरमा सजिएको रोमान्टिक गीत ” बेरुवा औँठी ..” को रेकर्डिङ सम्पन्न भएको छ । अत्यन्तै मिठो उक्त गीतमा रुबिन जोयले एरेन्ज गरेका छन । पछिल्लो समय बाल प्रतिभा मनिश लिम्बुलाइ पाचथरबाट काठ्माण्डौ ल्याएर चर्चित बनाएका उनै गायक सुहाङ लिम्बुको दोश्रो गीति एल्बम पनि छिटै नै सर्बजनिक हुने भएको छ ।
लगभग एक दसकदेखि नेपाली गीतसङ्गीतमा समर्पित सुहाङ लिम्बू का ” निरमाया तिमिले .. लगायत गीतहरु चर्चित छ्न भने उनी अभिनयमा पनि उतिकै पोख्त छन । केही दिन अगाडि मात्रै पनि देश भक्त गीत “मेरो देश..” अहिले चर्चाको शिखरमा छ। उक्त गीतमा सुहाङ लिम्बुकै शब्द स्वर सङ्गित छ भने स्वरमा मनिश लिम्बूले पनि साथ दिएका छन भने सुहाङ लिम्बू, मनिश लिम्बू, माङ्गेना लिम्बू आदिले फिचरिङ गरेका छन । यस अगाडि नै पनि “उस्को अनि मेरो कथा ” एल्बम सार्बजनिक गरिसकेका सुहाङ लिम्बुले थुप्रै लिम्बू गीतहरुमा पनि शब्द सङ्गीत स्वर र फिचरिङ गरिसकेका छन । यी गीतहरु यु ट्युब मा Suhang Limbu टाइप गरेर पनि सुन्न सक्नुहुनेछ ।