कोरियमा नेपाली दूतावासले दशै मनाउने
नेपालीहरुको हिन्दु पर्व बडा दशै नजिकिदै गर्दा देशमा मात्र हैन विदेशमा पनि त्यतिकै चहल पहल शुरु हुन थालेको छ । शुभकामनाका सन्देशहरु सामाजिक संजाल मार्फत आदन प्रदानको शुरुवात भइसकेको छ । कोरियाका कतिपय संघ संस्थाहरुले दशै मनाउने कार्यक्रमको घोषणा पनि गरिसकेका छन् ।
यसैक्रममा दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले पनि दशै मनाउने भएका छन् । दूतावासले शुक्रबार सूचना जारी गर्दै ठ्याक्कै टिकाको दिन आगामी शुक्रबार सउल स्थित दूतावासमा दशै मनाउने जनाएको छ ।
विगतमा झै यस वर्ष पनि दूतावासले आयोजना गर्ने दशै कार्यक्रममा शुभकामना आदनप्रदान , चियापान र राजदूत अर्जुनजंग बहादुर सिंहबाट टिका जमरा ग्रहन गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रम कार्तिक २ गते अपराहन्न १ देखि ४ बजेसम्म समय तोकिएको छ । सो दिन दूताबासका नियममित कार्य पनि जारी रहने जनाएको छ ।
दूताबासले कोरियामा रहेका इच्छुक नागरिकहरुलाई कार्यक्रममा सहभागिताको लागि सूचना मार्फत सार्वजनिक आवहान गरेका छन् ।