जीवनका कुरा
नेपालको एक प्रतिष्ठित बैंकको जागिर छोडेर भर्खर कोरिया प्रबेश गरेको मेरो नजिकको एक मित्रले सबेरै फोन गरेर बडो टिठ लाग्दो गरी भन्यो “ यार मलाई आजकल मेरा सपनाहरुले तर्साउन थालिरहेको छ । मलाई एकदम असहज र बेचैन हुनथालेको छ खै के गर्ने हो ? बिना सम्बोधन सिधै मलाई सोधेको यो प्रश्नमा मेरो पनि सिधा जवाफ थियो “ मित्र सपनाहरुले शुरु शुरुमा तर्साउन थाल्छन र जिबन असहज र बेचैनी बन्छ जब तिनै सपनाहरुले पछी गिज्जाउन थाल्छन तब सबै ठीक ठाक हुन्छ तैसैले केही समय पर्ख र हेर ! हामी सपनाको भारिलाई एती बोझिलो बनाएर आएका हुन्छौ । जस्ले हामीलाई हर बखत थिचिरहेको हुन्छ । तिनै सपनाका गर्हौ भारिले गर्दा हामी थला परिरहेकाछौ ! तैसैले सपनाका भारिहरुलाई अली हलुका बनाएर आउँ जस्लाई थेग्न सहज होस् ! त्यसपछि मित्रले आफ्नो देश अनि त्यसमा पनि राम्रो जागिर छोडेर आएको कुरामा पछुतो दर्शाएपछी मैले भने “चाहे धनी होस् या गरीब जिबन केबल सुखको खोज हो । मान्छे यसो गरे हुन्छ कि उसो गरे हुन्छ भन्दाभन्दै आफ्नो जिबन बितेको पत्तै हुँदैन । कती मान्छे सुखको अनुभुत गरेर मर्छन त्यो रहस्यमय बिषय हो तर दु:ख छैन भन्ने मान्छे भेट्न चाँही मुस्किलै पर्छ ! भाबी सुखको खोजिमा सात समुन्द्र पारी अाइसकेपछी केही कुराहरुमा कम्प्रोमाइज गर्नै पर्छ ! जिन्दगी यात्रा हो । यात्राको क्रममा हुरी बतास घाम पानी उकाली ओराली त अाइरहन्छन मात्र तिनिहरुलाई स्विकार्न सक्नुपर्छ “ ! मित्र फेरी घरपरिवार र साथीहरुसँग छुटिनुको पिडा बोध गरेकोले मैले भने अधिकांश समय मानिस् को यात्रा एकल हो एक्लै रमाएर हिंड्न सक्नुपर्छ । अरुको साथ् खोज्न थालयो भने मान्छे दुखी हुन थाल्छ । मान्छेको जिबन बिरोधाभासले भरिएको छ । एक्लै हुँदा साथ खोज्छ अनी साथ हुँदा स्वतन्त्रता ! हाम्रो सबै भन्दा मिल्ने साथी हामी आँफै हो । कुनै दु:ख पर्यो गुनासो गर्ने आँफैसँग हो । रोयो आशु पुछ्ने आँफैले हो । हाँस्यो भने हासोमा मुछिने पनि हामी आँफै हो रिसायो भने नरिसा भनेर सम्झाउने आफ्नै मन हो । त्सैले यस कुरामा पनि सन्तोष गर्न सिक्नुपर्छ ! मित्रको गुनाशाको भारी अझै सकिएको थिएन भन्दै थिए -“ अरुले के के गरे यार आफु त ! मैले सम्झाउदै भने “ साथी हामी समाजका फलनाहरु सँग दाजिएर आफ्नो निजी जिबनलाई मन नपरी नपरी अरुको जस्तो किन बनाउने? आफ्नाे रहर र चहना को फूलबारी छोडेर अरुको फूलबारी किन नियाल्नु ?? खुशी न पैसामा छ न पद मा मस्तिस्कमा डर र कर नभै आफ्नो जिबनसँग सन्तुस्ट रहन सक्नु भनेकाइ खुशी र सुखी जिबन हो । फलाना र चिलानासँगको तुलनाले गर्दा नै हामी आँफै दुखी छौ ! त्यसैले मान्छेहरु जिबनलाई दौड सम्झेर त छाड् म छाड् गरेर दौडिरहेका छन तर दौडाइ म के पाइयो के गुमाइयो भन्ने कुरा को हेक्का छैन ! त्यसैले जिबन दौड हैन यात्रा हो बस अघी बढीरहेको अनुभुती होस् !!