अाइतबार दक्षिण काेरियामा दशै २०७५ हुने
नेपालीको ठूलाे चाड बिजयादशमिको अबसरमा दक्षिण कोरिया पनि दशै २०७५ मनाउन लागिएको छ। गैर अावासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र सनातन साहित्य संगित साधना समूह (पाँच स) कोरिया मिलेर अाइतबार कार्यक्रम गर्न लागेकाे हाे ।
दोङ्देमुनको 숭인동 공원, 동산 배드민턴 장 मा मनाउन लागिएको छ । यही हलमा गत बर्ष साकेला मनाइएकाे पाँच सका अध्यक्ष यम सापकाेटाले जानकारी दिए । टीका जमरा ग्रहण, शुभकामना आदान-प्रदानकाे साथमा कलाकारकाे साङ्गीतीक प्रस्तुति रहने छ । हामीले काेरियामा रहेका साथीभाइसँग केही छिन दुःखलाइ भुलेर रमाइलाे गर्ने प्रयास गरेका हाै । उनले भने ।
दसै नेपालीहरूले मनाउने ठूलाे चाड भएकाे र अाफ्नाे परिवारबाट टाढाँ रहदा हुने न्यास्रोपनलाई कम गर्न दसै २०७५ मनाउन लागेको आयोजक संस्था एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले बताइन। कोरियामा रहेका नेपालीहरुलाइ सामुहिक खानपिन तथा टीका लगाइ नेपालीहरुको संस्कृति जोगाइराख्न पनि कार्यक्रममा अाइदिन उनले अाग्रह गरेकी छिन् ।