कोरियामा दशै धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न


नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर दशै धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ । मोक्पो साम्हो साझा चौतारी नेपाल मोक्पोद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएको नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु के सिले मोक्पो साम्हो साझा चौतारी संस्था कोरिया कै मज्बुत र सहयोगी सस्थाको दशै कार्यक्रममा उपस्थित भएर शुभकामना अदान प्रदान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो । अध्यक्ष केसीले मोक्पो साम्हो साझ चौतारीको हरेक कार्यक्रम र अभियानहरुमा ब्यक्तिगत तथा एन सि सि को तर्फबाट पनि सक्दो सहयोग गर्ने वचन व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि एमटियुका अध्यक्ष उदय राईले संस्थाको कार्यक्रममा प्रत्येक वर्ष सहभागिता जनाउदै आएको बताउदै यो सस्था र नेपाली दाजु भाइ दिदी बहिनीको समस्याको निम्ति आफूले सक्दो सहयोग गर्ने वचन दिदै वडा दशैको सुभकामना दिनु भयो ।

 

सस्थाका अध्यक्ष सुन्दर सुवेदीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा कोरियामा अवस्थित अर्घाखाँची सम्पर्क समिती ,सुन्छन नेपाली समाज,ख्वाङ्जु सामुदायिक समिती,एन आर एन ख्वाङ्जु साखा लगाएतका सस्थाहरुका अध्यक्षहरुको आतिथ्यमा कार्यक्रम सन्चालन भएको थियो ।

 

दिप प्रज्वलन गरि सुरु गरिएको औपचारिक कार्यक्रमको सुभकामना तथा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष एस के रायमाझीले गर्नु भयो । नेपालको हरेक चाड पर्वहरु मनाउदै आइरहेको मोक्पो साम्हो साझा चौतारीमा कुनै जात धर्म सस्कार सस्कृती भौगोलिक विभेद ,जाती वादी, गुट उपगुट रहित राज्निती रहित नेपाल र नेपालीको स्वतन्त्र सस्था रहेको अवगत गराउदै उपस्थित अतिथी लगाएत दर्शक माझ सुभाकामना सहित धन्यवाद दिदै कार्यक्रमका सभापति सुन्दर सुवेदीले औपचारिक कार्यक्रम समापन गर्नु भयो ।

 

औपचारिक कार्यक्रम सस्थाका महासचिव विधान तामाङले सन्चालन गर्नु भयो । औपचारिक कार्यक्रम सकिएलगतै टिका जामरा लगाउने कार्यक्रम सुभारम्भ भएको थियो । रातो र सेतो दुवै टिका आफ्नो परम्परा अनुसारको अतिथीको हातबाट सम्पुर्न नेपाली दाजु भाइ दिदी वहिनीहरुले टीका ग्रहण गर्नु भएको थियो । नेपाली परिकारको साथमा रमाउदै सम्पुर्ण दर्शकको मन मुटुमा वस्न सफल कोरियामा चर्चा बटुल्न सफल गायिका रमिला गौतम र सुमन चापागाईंले दर्शकलाई आफ्नो प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिएका थिए । त्यसैगरी कोरियादेखि अन्य देशहरुमा चर्चा बटुल्न सफल सस्थाका सल्लाहकार साथै चर्चित गायक दावा लामाको प्रस्तुती कै क्रममा सयौं दर्शकको माझ जन्म दिनको केक काटेर जन्मोत्सव मनाइएको थियो । सस्थाका अर्का सल्लाहकार सन्जय तितुङले साङ्गितिक कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

दशै कार्यक्रम भब्य र सब्य तवरले सम्पन्न गर्नका लागि सस्थाका संरक्षक ,सल्लाहकार ,संयोजक, खेल संयोजक , सस्थाका पदाधिकारी ,मोक्पो एफ सि र मोक्पो भि सि का खेलाडीहरु लगाएत सम्पुर्ण सहयोगि हातहरुमा आयोजक मोक्पो साम्हो साझा चौतारीले हार्दिक अभार प्रकट गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...