बदलिएको परिबेशमा नबदलिएको मानसिकता
कोरिया, समाजमा विधमान सामन्तवादी चरित्र राजनैतिक घटाक्रमको विकाससंगै शासकिय स्वरुपमा आएको परिवर्तन र त्यस अपेक्षित कार्यहरु नभइरहदा शासकवर्गमा रहेको पुरातनवादी चिन्तन र त्यस अनुकुलको व्यवहारले फेरी एकचोटी युवा जमातले सामन्तवादको परिभाषालाइ नया ढंगबाट व्याख्या गर्नुपर्ने अवस्था आइपुगेको छ। विशेषसत रास्ट्र प्रमुखले गर्ने व्यवाहार कस्तो हुने भुमिका के हुने जस्ता कुराहरु किटान नगरिएसम्म अहिलेको सामाजिक चरित्र अनुसार पात्र र व्यवस्था फेरिदैमा खासै फरक अनुभव नहुने रहेछ।हिजोको राज्य व्यवस्था र त्यसका नायकहरु वंशमा आधारित थिए र परिवर्तनकारीहरुले सहजै त्यो सामन्तवाद हो, त्यसको चरित्र सामन्तवादी छ, हाम्रो संघर्षको निसानी त्यही हो भनि व्याख्या गरिदिए चित्रमा देखिएको वास्तविकता त्यही थियो ।
जनताले राजसंस्था जरैदेखी फ्याकिदिए अनि समाजमा सामन्तवाद अधिनायकवाद नभएको र व्यवहार त्यही अनुकुलको अपेक्षा वास्तवमै यथार्थ थियो । किनकी हामीले सिकेको र सिकाएको सामन्तवाद राजाले गर्ने हरेक कार्यहरु भित्र पर्दथे।त्यसैको परिणाम हिजोका क्रान्तिकारीहरु घुडा टेकेर टिका ग्रहण गर्दापनी सामन्तवादको भेउ पाएनन्। दशैको विरोध गरेर क्रान्तिकारी हुने वा रास्ट्रपति, प्रधानमन्त्रिले टिका लगाइदिएर । त्यै भएर त्यहा सामन्तवाद देखियो सवाल यो पक्कै होइन वैदिक र सनातनी हाम्रो पुर्विय संस्कृतीका हरेक धार्मिक वा साँस्कृतिक पर्वहरु मान्ने फरक परम्परा छन। दशैको टिका वा जमरा ग्रहण गर्ने आफ्नै आसन छ । त्यसको वावजुत शक्ति र शत्ताको आडमा आफु अनुकुल व्यवहार गर्दै सनातनी धार्मिक आस्था माथी गम्भीर प्रहार भएको छ।
चलेको मिडीयाले रास्ट्रपतीलाइ सफत खुवाउने पराजुलीलाइ अपमान भयो भन्नु पनि आफैमा सामन्ती चरित्र हो । त्यहा टिकालगाउने हरेकलाइ समान मापदण्ड निर्माण नगरिनु चै वास्तविक उठान गर्ने विषय हो । के रास्ट्रपतीको नजरमा नेपालीको ओहोदा र पद वा परिवार सदस्य फरक कुरा हुन? सवाल यो हो। समाजमा अझै सामन्तवादी चिन्तन ज़रा गाडेर बसेको छ। समाजको विकासक्रमसंगै त्यसको चरित्र मापन अनुसार गरिने व्यवहार अनुसार सामन्तवादको व्याख्या नै व्यवहारीक होला सायद । सय पचास वर्ष पहिले राजाले जंगबहादुरलाइ तँ भनेर सम्वोधन गर्थे । त्यो त्यसकाल अनुसार जायज़ै थियो । ५५ वर्ष पहिले महेन्द्रले बि पिलाइ तिमी भन्दा खासै तरगं आएन । कारण, समाजको विकासक्रमसंगै त्यसको लेखा जोखा हुन्थ्यो।
अहिलेको समाजको चरित्र अनि चेतनाको स्तर राजनितिक व्यवस्थाले जुन प्रकारको हर्कत र कार्यहरु भइरहेका छन रास्ट्रपती कार्यलयबाट सायद १७,१८,१९ औ शताव्दीका वादशाहहरुले त्यो युरोपियन समाजमा लादेको क्रुरता भन्दा भयानक छ । यो वास्तविक यथार्थप्रती सम्वन्धितहरु बेलैमा सजग रहन जरुरी छ। केही थान सुर्य थापाहरुले अनि केही थान विद्वानहरुले रास्ट्रपती संस्थाप्रती अपमान गरेको भन्दै रोइलो गरेको देख्दा तिनको मस्तिस्कले अझै २१ औ शताव्दीको राज्यको स्वामित्व हरेक नागरिकको हुन्छ भन्ने भेद नपाएको वा गणतन्त्रमा नयाँ पुरोहितहरु वा चरुवा बस्छन भन्ने व्याख्या मलजल गरेको छ।
राजा के थिए र रास्ट्रपती के हुन भन्ने व्याख्या गरौं, अदृश्य ईस्वर हटाएर सदृश्य रास्ट्रपतीलाइ त्यो स्थानमा पुर्याउने जमर्को गर्नु हिजोका राजावादीहरुले राजालाइ विष्णुको अवतार मान्नु भन्दा सयौ गुणा आस्तिक हुनजान्छ । कारण राजाले तिमी भनेकी तपाइ भनेर बिपिलाइ सोध्ने कृष्णप्रसाद त्यो समयको क्रान्तिकारी थिए । अहिलेविश्वप्रकासलाइ रास्ट्रपतीले तिमी भनेकी तपाइ भनेर सोधे भने गगनलाइ के भनिन्छ। चित्र र चरित्रमा फरक अवस्य हुन्छ ।सबैको हेराइ र चिन्तन फरक हुनसक्छ। धर्मगुरुले भक्तलाइ त्यो आसनमा आशीर्वाद दिनु वा प्रेमीले प्रेमीकालाइ त्यो आसनमा गुलाव दिनु सामान्य हो तर जननिर्वाचित रास्ट्रप्रमुखले त्यो आसनमा संस्कृतीको रक्षा गरेको भन्नु आफैमा सामन्तवादको पराकास्ट हो।
आजको नेपाली समाजमा यदी कुनै पुरुषले आफ्नो श्रीमतीलाइ खुट्टा ढोंग भन्छ, कुनै महिलाले आफ्नी बुहारीलाइ खुट्टा मिच भन्छ, काग़ज़ी प्रक्रिया पुरा गरेर नागरिकताको सिफारीस लिन गएको मान्छेलाइ वडादक्षले नमस्कार गर भन्छ, किटानी जाहेरी सहितको उजुरी दर्ता गर्दा कुनै प्रहरी अधिक्रितले विशेस अनुरोधको आग्रह गर्छ, विकासको स्पस्ट खाका लिएर मन्त्रालय गएको मेयरलार्इ अनावस्यक लफड़ा मन्त्रालयको सचिवले गर्छ वा स्पस्ट संवैधानिक र कानुनी व्यवस्था विपरीत कसैले शक्तिको आडमा दम्भ प्रर्दशन गर्छ भने ती सामन्तवादका अवशेष हुन जो तपाइखहामी हरेकमा छ । यस्को परिवर्त नै अबको आवस्यकता हो।