माटोमा फूलको सौन्दर्यता
यो माटो
सृष्टि देखि नै ओसिलो र मलिलो कहा होर
आदिम फूलहरु सडेर गलिएका छन
इतिहासका पसिना र रगतहरुले भिजिएका छन
नत्र यो माटो – माटो भन्नु लायक नै थिएन
माटोमा फूलको सौन्दर्यता
लुटेर, चिमोठेर, काटेर, लडाएर
एकात्मक संगित रेटिरहने बिलासि झ्याउकिरिहरु
ब्रमाण्डको कुन बगैचाबाट लखेटिएका हुन
कि गन्तव्यहिन बटुवा जस्तै हुन
किन मेट्दै छ भुईफूलका रंगहरु ?
रंगका पहिचानहरू ?
फस- फस पलास जस्तै – किन सडाउदैछ आदिम इतिहास ?
कि निचोरिसक्यो रंगका सौन्दर्यता ?
किन कोट्याउदैन लालमोहरमा कुदिएका सन्धिहरु ?
राष्ट्रीय फूल लालिगुरास
सयपत्री र मखमलि भाइटिका बिशेष
गुलाव प्रेम प्रतिक
आखिर यसरि फूलहरुमा बिभेद गर्नु
मन्दिरमा नचढाइनु उन्युको फूल
सखुवाको काप्चामै थेचार्नु सुनाखरि
आगनमै लम्पसराउनु निलकाडा
र ढोका बाहिरै सजाउनु गेटफुल
तर यहा फूलहरु
फूलका अस्त्तित्व बुझ्दैनन
जसन मनाउछन एक्-अर्कामा चुडिन्दा
कहिले आभाष पाउँछ यि फूलहरुले
नचुडि स्वतन्त्र फुल्नु ?
कहिले उठाउछन आवाज शोषित नहुनु ?
फूलले फुलेर सुभाष मात्र दिनु
-नझल्काउन आफ्नो पहिचान
-नगर्नु आफ्नो संरक्षण
-नखोज्नु आफ्नो आधिकार
म भन्छु- यो माटो
ठेकेदार किरा- फट्याङ्ग्राहरुको रख्यौल हैन
फूलहरुको अस्त्तित्व हो
फूल नहुदो त यो माटो – माटो भन्नु लायक थिएन ।