दोङदेमुनका नेपाली ब्राण्ड
विश्वबजारमा ब्राण्डहरुको लोकप्रियता र त्यसले अर्थराजनितीमा पारेको प्रभावहरु हरेक समाजको तल्लो निकायहरुमा जरा गाड्दै गएको हामी सबैमा सर्वविवीधै छ। कोरियाको दोङदेमुनबजार त्यसबाट अछूतों रहने कुरा भएन । विशेषत कोरियन संस्कृतिको परिचय बोकेको यो पौराणिक बजार पछिल्लो समय नेपाली ब्रान्डहरुको प्रभावले ईतिहास जोगाउन संघर्षरत छ । यो पक्कै नेपालीहरुलार्इ भने गौरवको विषय हुनसक्छ।
यदि तपाइ नेपाली हुनुहुन्छ र कोरियामा बस्नुहुन्छ भने एकपटक राजधानी सौलको दोङदेमुन जानुस् । जसलाई मिनि नेपाल भनेर पनि चिनिन्छ । त्यहाँ हरेक ब्रान्डका मःमदेखि विशेष नेपाली परिकार पाइन्छ। व्यवसायिक उदेश्यले स्थापनार्थ ती ब्रान्डहरुको तीनचोटी भन्दा बढी ग्राहक हुनुभयो भने तपाइ सामाजिक र राजनितीक रुपमा परिचय दिन लायक हुनुहुनेछ । त्यो तपाइको जिवनको अन्जानको सफलता हो। तपाइ नेतालाइ गाली गर्नुहुन्छ । त्यहा विश्व हिन्दु महासंगदेखि स्वतन्त्र परिवर्तन अभियानसम्मका नामधारी संस्थाहरु छन। राजनीतिको कुरा गर्नुहुन्छ । नेपालमा नभएकोसम्म राजनितीक दलहरुको व्यस्त संगठन पाउनुहुन्छ।अझै ५ जना भन्दा बढी साथीहरुसँग जानुहुन्छ भने सोच्नुस तपाइ नया संस्था वा दलको संगठनको अध्यक्ष बन्दै हुनुहुन्छ । संरक्षक स्वयम् दोङदेमुनको होटलवाला बस्ने सर्तमा विधान र संगठनको नियमावली पाउनुहुन्छ । तर, अधिकार संरक्षकको नै हुन्छ । तपाइको काम त ब्रान्ड अनुसारको मःमको परिकार लिने मात्र हो।
विशेषगरि हँसिया हतौडां सुर्य ब्रान्डको एकताले ती संचालकहरु रक्षात्मक हुँदा चारतारेब्रान्ड आक्रामक भएको दोङदेमुनको बजारमा प्रस्टै देख्न पाइन्छ । यसै सेरोफेरोमा आउदो आइतबार दोङदेमुनको खुल्ला चउर वा नेपाली आकृतीको मन्दिर नजिकैको भुभागमा जम्मा भएर निर्मलाको बलत्कार र हत्याको विरोधको नाममा आकर्षक किमाको साथमा स्वादिष्ट मःम लिनसक्नुहुन्छ।यो चारतारे ब्रान्डले राष्ट्रको अस्मितालाइ बन्धकी राख्दै मेरो देशमा बलत्कार हुन्छ त्यसलाइ कानुनी कठघारामा उभ्याउन मेरो सरकार असफल छ भन्ने उदेश्यले तमाम नेपाली समुदायको मन जित्ने र कोरियनहरुको अगाडी नयाँ जोकर बन्ने उदेश्यले ल्याइएको योजना हो।
सामाजिक संजालमा चारतारे ब्राव्डका समर्थक र सुर्य ब्रान्डका समर्थक विच बिछट्टै दोहोरीले साच्चै बजार तातेर बलत्कार नामक किमाबाट निर्मित मःमको व्यापार आकाशै छुने पुर्वानुमान कतिपय व्यवसायीहरुमा आइसकेको छ।
अर्काको देशमा कुल्ली काम गरेर देशको सम्मान जगाउने कुरा गरेर हुन्छ? यि सुर्य ब्रान्डका समर्थकहरु राज्यै थामे झै गर्छन न्याय अन्याय, आत्माशान्तीका कुरा त केवल देखाउने कुरा न हो राष्ट्र हेरेर ब्रान्ड डुबाउने पर्यटक घट्छन त्यो हाम्रो व्रान्डको सवालै हैन निर्मला कान्डले देशमा कति ग़ैरसरकारी संस्था खुले कतिले करोडौ कमाए जाबो हाम्रो ब्रान्डले एकदिन किमा बनाउने भन्दा किन यीनलाइ टाउको दुखेको ? पचास हजार नेपालीको कोरियामा ईज्जत हुदैन र ? दोङदेमुन वरिपरी कुन चाही ईज्जत छ र हामीले ठेक्का लिन पर्यो ? भेडाबाख्रा जस्तो लाइन लाएर आउनु छ कति न ब्रान्डवालाहरुसंग जोरी खोज्नु पर्ने त्यै माथी नम्वर वान ब्रान्डसंग।
(लेखक प्रवासी नेपाली एकता मन्च निकट हुन्)