Advertisement
SKIP THIS

चाँडै उत्तर काेरियाली नेता किम दक्षिण काेरिया अाउँदै


दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सउलको भ्रमण गर्ने बताएका छन् । गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता किमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन ।

दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष किमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका थिए  । सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताए ।

‘उत्तर कोरियाली नेता कीम जोङ अनको रुस भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण चाँडै हुँदैछ ।’ मूनले भने । उनले किम र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच पनि भेटघाट हुने सम्भावना बढेको बताए । राष्ट्रपति मूनले भने, ‘अध्यक्ष किम जोङ अनको सिओल भ्रमण चाँडै हुनेछ ।’ तर उनले भ्रमणबारे विस्तृत जानकारी दिएनन् ।

कुटनीतिक पहल निकै बाक्लो भइरहेपनि सिओल र वासिङ्टनबीच पछिल्ला समयमा मतभिन्नता देखिन थालेका छन् । दक्षिण कोरियाको मित्रशक्तिका रुपमा रहेको अमेरिकाले उत्तर कोरियाको चुनौती सामना गर्न दक्षिणमा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ गरेको छ ।

मून, कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा अमेरिका र उत्तर कोरियाबीच कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आणविक निःशस्त्रीकरण गर्नेसम्बन्धी सम्झौता भएको थियो । तर, यो सम्झौतापछि खासै प्रगति भएको छैन ।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्धहरु फुकुवा गरेको छैन । अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिइआएको छ । उत्तर कोरियाले आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिका सहित अन्य मुलुकसँग आग्रह गरिरहेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यसैसाता सिओल र वासिङ्टनबीच समन्वयात्मक कार्यहरुलाई थप गति दिन नयाँ कार्यसमूह गठन गर्ने सहमति भएको जनाएको छ । यसै महिना हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता र उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदैछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...