ब्लड मनि जुटाउन काेरियाका नेपालीले खडग बहादुरलाइ सघाउँदै।
चार बर्ष अघि रोजगारिको शिलसिलामा UAE पुगेका तेह्रथुम फेदाप गा.पा. २ का खडग बहादुर जोगि यतिबेला अबुधाबिको सेन्ट्रल जेलमा कैद जिबन बिताइरहेका छन । दुबई को Alguru development project company मा कार्यरत जोगि फिलिफिनी सहकर्मीसङ्ग काम गर्दै थिए। फिलिफिनी नागरिक गाडिबाट झरेर दुर्घटना भै उपचारको क्रममा मृत्यु भएकाे थियाे। मृत्यु पश्चात जाेगीलाइ झुटो अभियोगमा स्थानीय अदालतले पाँच बर्स कैद र 200000/- दुइ लाख दिराम ( ब्लड मनि ) को कसुर सजाय सुनाएको छ ।
बिपन्न जोगि परिवारमा 2,00000/- दिराम जुटाउने आर्थिक हैसियत नभएको हुदा परिवारमा चिन्ता र त्रास छाएको छ। यदि २०७५/१२/०९ सम्ममा दुइ लाख दिराम ब्लड मनि जम्मा गर्न नसकेमा मृत्यु दण्ड हुने जनाइएकाेछ। एक निर्दोष नेपाली बचाउन स्वदेश ,बिदेशमा बिभिन्न संघ सस्थाहरु सक्रिय भैरहेका छन ।
यसै गरि दक्षिण कोरियामा पनि सम्शेर पँधाक संयाेजकत्वमा खड्ग बहादुर जोगि बचाउ सहयोग समिती दक्षिण कोरिया गठन भएकाेछ। २८ अक्टोबरमा भएको अनौपचारिक छलफलले आर्थिक सहयोग सङ्कलनको अभियान आउदो नोभेम्बर सम्म संचालन गर्ने निणर्य गरेको छ। झुटो अभियोगमा फसाइएका एक नेपाली नागरिकको जिबन रक्षाका लागी आर्थिक सहयोग गरि दिनु हुन सम्पुर्ण कोरियामा रहनु हुने नेपाली दाजुभाइ , संघ सस्था,समाजसेवी ,पत्रकारहरु सबैमा संयाेजक पँधाकले हार्दिक अनुरोध गरेका छन् ।
साथै आर्थिक सहयोगका लागी
उरि बैंक
मनोज कुमार लिम्बु ,खाता नं. 1002755718796
खड्ग बहादुर जोगि बचाउ सहयोग समिती द.कोरिया ) मो.01083854635 संयाेजक शम्शेर पँधाक