काेरियामा फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले यही नोभेम्बर ४ तारिख अाइतबार आयोजना गर्न लागेको फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे एन अार एन ए काेरियाका अध्यक्ष लक्ष्मी गुरूङले जनाएका छन् ।
काेरियामा सक्रिय १५ नेपाली फुटबल टिमले प्रतियाेगितामा भाग लिने कुरा खेल संयोजक तथा बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङले बताए। उक्त दिन अायाेजकले विभिन्न उत्कृष्ट नेपाली परिकारहरुकाे पनि ब्यवस्था गरेकाेछ। आफ्नो आफ्नो टिमलाई हौसला बढाउन तथा मनोरञ्जनात्मक खेल र नेपाली परिकारहरुको स्वादमा रमाउनको लागि सम्पुर्ण संघसंस्थाका प्रतिनिधीज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई खेल मैदानमा उपस्थित भैदिनु हुन अायाेजकले हार्दिक अनुराेध गरेकाेछ ।
खेल सम्बन्धी जानकारीः–मितिः २०१८ नोवेम्बर ४ तारिख
स्थानः경기도 포천시 포천로 1644포천종합운동장 , पाेछन छाेङहाप उन्दाेङजाङ
बस सुयु यक बाट ३००३,३००५ दोङ सौल ३००० बस नम्बर, वुइजम्बु बाट १३८,१३८-१,१३८-२,१३८-३,१३८-४…..७
मैदान समयः बिहान ६ बजे बाट
सम्पुर्ण खेलहरु नेपाल फुटबल महासंघ दक्षिण कोरियाको नियम अन्तर्गत हुने छ ।