विदेश ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक दशकमा डेढ अर्ब भुक्तानी, दक्षिण काेरियामा मृत्यू भएका ७४ परिवारलार्इ सहयाेग


वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड शनिवारदेखि दशौँ वर्षमा प्रवेश गरेको छ ।
रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ ।
रोजगारदाता कम्पनी र वैदेशिक रोजगार व्यवसायीका बेइमानीका कारण विदेशमा श्रम बेच्न गएका नेपालीले धेरै हण्डर र ठक्कर खाएको सन्दर्भमा कानूनी रुपमा नै वैदेशिक रोजगारीमा जाने प्रणाली प्रवद्र्धन गर्न स्थापना भएको बोर्ड अनेकौ आरोहअवरोह पार गर्दै विदेशिएका श्रमिकको हकहित प्रवद्र्धनमा अहिलेको अवस्थामा पुगेको छ ।
रोजगारीको खोजीमा भौतारिँदै देश छाड्न बाध्य युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा प्रवद्र्धनात्मक, समन्वयात्मक/सहयोगात्मक र सुरक्षात्मक उपायको अवलम्बन गरी वैदेशिक रोजगारमा जाने कामदारको हित प्रवद्र्धन र यस क्षेत्रमा संलग्न सबै व्यवसायीलाई जिम्मेवार बनाउन जरुरी रहेको छ ।

बोर्डले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा गएका कामदार र तीनका परिवारको हकहित संरक्षण, सीप अभिवृद्धि, पुनः एकीकरण जस्ता कल्याणकारी कार्य गर्दै आएको छ । रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका छ हजार ७९० र बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ व्यक्तिको परिवारलाई गत भदौसम्म रु एक अर्ब ५६ करोड ७७ लाख ९४ हजार आर्थिक सहायता उलब्ध गराइएको बोर्डले जनाएको छ ।
आव २०६७/६८ देखि २०७४/७५ सम्म विभिन्न देशमा पाँच हजार ८३२ कामदारको मृत्यु तथा ७८७ कामदार अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्क छ । सो अवधिमा मलेसियामा दुई हजार १२५ पुरुष र २७ महिला गरी दुई हजार १५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।
यसैगरी साउदी अरेबियामा एक हजार ६३४ पुरुष र तीन महिला, कतारमा एक हजार १९१ पुरुष र आठ महिला, युएईमा ४५६ पुरुष र २९ महिला, कुवेतमा १४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलङ्कामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको थियो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ जनालाई सहायता प्रदान गरेको छ । कामदारको मृत्यु तथा अङ्गभङ्ग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च रु एक लाख ५० हजारबाट वृद्धि गरी रु सात लाख पुर्याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।
विभिन्न गन्तव्य मुलुकमा अलपत्र परेका १०५ जनाको उद्धार गरिएको, २०६ वटा शव झिकाएको, एक हजार तीन शव ढुवानी गरिएको बोर्डले जनाएको छ । पीडित कामदार र तीनका आफन्तलाई प्रदान गरिने सहायता निवेदन दिएको दिनमा उपलब्ध गराउने, कामदारको उद्धार तथा सहयोगका लागि बोर्ड सचिवालयमा अलगै कक्षको व्यवस्था गरी शीघ्र उद्धारको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट रु ५० हजार औषधोपचार खर्च उपलब्ध गराइने उनले बताए । कामदारको वैदेशिक रोजगागर जीवन बीमा वृद्धि गरी रु १५ लाख पुर्याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि रु पाँच लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले भने, “बोर्ड स्थापनादेखि बीमामा लाग्दै आएको बीमा मृत्यु कर हटाइएको छ, विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको छ ।”
बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका कामदारको परिवारलाई सहयताका लागि विभिन्न काल्याणकारी कार्य गर्दै आएको छ ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका कामदारका सन्ततिलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पुर्याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । हालसम्म एक हजार २५५ छात्रछात्राले छात्रवृत्ति सहयोग प्राप्त गरेका छन् ।
बोर्डले मृतक कामदारका कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकालाई वार्षिक रुपमा रु आठ हजार र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई रु १२ हजार छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका कामदारका परिवारका सदस्यलाई तीनवर्षे र एकवर्षे पूर्ण निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने उनले बताए ।
बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका लाग दिइने अभिमुखीकरण तालीमका लागि पाठ्यक्रम परिमार्जनका लागि समिति गठन गरेको छ ।कल्याणकारी कोषमा साढे चार अर्ब सञ्चित
कामदारलाई विपद् पर्दा तथा रोजगारीका लागि अभिमुखीकरण दिनका लागि भनेर बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्दै आएको छ । आव २०७४/७५ सम्म उक्त कोषमा रु चार अर्ब ५० करोड सञ्चित भएको छ ।
चालु आवको अन्त्यसम्म कोषमा रु पाँच अर्ब ७८ करोड ५० लाख रकम सङ्कलन हुने बोर्डको अनुमान छ । बोर्डले आव २०७५/७६ मा रु एक अर्ब २८ करोड ५० लाख आम्दानी र रु एक अर्ब २३ करोड ७५ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरेको छ ।
बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेको अवस्थामा उद्धार, मृतक कामदारको शव स्वदेश ल्याउन, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालीम प्रदान गर्न कल्याणकारी कोषमा सञ्चित रकमबाट सहयोग गर्दै आएको छ ।

रासस

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...