रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले देउसी भैलो कार्यक्रम गर्ने
सौल,
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले यहि नोबेम्बर ११ तारिक आईतवार कोरियाको राजधानी सौल दोङ्देमुन अवस्थित नेपाल हाउसमा रमाइलो देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘हाम्रो लोक दोहोरी हाम्रो शान,प्रबासमा नेपालीहरूको छुट्टै पहिचान”भन्ने मुल नाराका साथै आत्मियता, सद्भाव,मित्रता प्रगाढ राख्नको लागि, उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजक समितिले बताए ।
हिन्दु धर्म अवालम्बीहरुको महान चाड दिपावलीको अवसरमा काग ,कुकूर, गाई र लक्ष्मिको पुजा गरे पश्चात दाजु भाईलाई टिका लागाई दिने प्रचलन रहेको छ ।
त्यसैले कोरियामा रहेका हिन्दु धर्म अवालम्बीहरुले पनि आफ्नो सँसकार ,साँस्कृतिकलाई निरन्तरता दिन देउसि भईलो कार्यक्रम आयोजन गर्न लागेको अध्यक्ष जितन भाई शिरिसले जानकारी दिए।
कार्यक्रम बिहान १० बजे देखी सुरु हुने भएको छ। कार्यक्रममा सफल बनाउन कोरियामा रहेका संघ संस्था तथा नेपालीहरुलाई उपश्थितीको लागि आयोजक समितिले अनुरोध गरेको छ ।