वेगान नेपाली साथी समुह काेरियाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा पासाङ शेर्पा
वेगान नेपाली साथी समुहको प्रथम अधिबेशन गत अाइतबार वेगान हिमालयन रेष्टुरेन्टमा सम्पन्न भएकाे छ।अधिवेशनले पासाङ शेर्पाको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष–रमेश थापा मगर, उपाध्यक्ष– प्रेमकाजी गुरुङ, महासचिव–प्रकाश पौडेल, सचिव– सन्जिव मुडबारी, कोषाध्यक्ष– गोविन्द कार्की, सह–कोषाध्यक्ष– मदन राई तथा संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । र अन्य नयाँ सदस्यहरू थप्दै जाने गरी कार्यसमितिलाई खुला राखिएको छ ।
नव गठित समितिले तत्काल नै थप कार्यसमिति तथा सल्लाहाकारहरू पनि मनोनयन गरेको छ। जसमा वेगान नेपाली साथी समुह दक्षिण कोरियाको संरक्षक बाबुराम गुरुङ, प्रमुख सल्लाहकार विजय राई वरिष्ठ सल्लाहकार सन्तोस दाहाल, सल्लाहकारहरु केशर केसी , बिवश लामा , कृष्ण बहादुर बस्नेत, कार्यकारी प्रमुख कुमार गर्बुजा मगर, वेगान सेल्टर संयोजक बालकृष्ण न्यौपाने, सह संयोजक निर बहादुर निरौला, व्यवस्थापक हेमन्त कुमार बुढा मगर मेडिया पाटनर (Chingu Nepal) कुमार राई, खेलकुद संयोजक नेत्र पुन मगर, सह-संयोजक नेत्र लिम्बु, सांस्कृतिक संयोजक बालदेव राई गरी १४ सदस्यीय पदाधिकारी चयन गरेकाेछ।
प्रवासी भूमी दक्षिण कोरियाको (थेगु) वेगान वरिपरि छरिएर रहेका दाजुभाई तथा दीदीबहिनीहरूलाई एकीकृत गरी प्रवासमा आपसी भाईचारा, सद्भाव वृद्धि गर्ने , प्रवासी भूमीमा आई पर्ने बिभिन्न समस्याहरूलाई मिलेर सामना गर्दै , सहयोग, एकता र सिर्जनसिलताको नारा बोकी सन् २०१६ मा स्थापना भई यस वेगान नेपाली साथी समुहको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम निवर्तमान उपाध्यक्ष तथा वर्तमान नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखा का अध्यक्ष कुमार गर्बुजा मगरको सभापतित्व तथा नेपाल मगर संघ गनतन्त्र कोरिया सउल केन्द्रका उपाध्यक्ष तथा थेगु शाखाका संरक्षक नगेन्द्र घर्ती मगरको प्रमुख आतिथ्यतामा अधिबेशन भएकाे हाे भने बिशेष अतिथिमा वेगान नेपाली साथी समुहका संरक्षक तथा तमु धीं थेगु शाखाका सल्लाहकार बाबुराम गुरुङ, स्याङ्जा परिवार थेगु शाखाका प्रमुख सल्लाहकार रमेश राना मगर, हिमालयन रेष्टुरेन्टका प्रबन्धक सन्तोस दाहाल, वेगान नेपाली पसल एण्ड रेष्टुरेन्ट प्रबन्धक तथा वेगान नेपाली साथी समुहका सल्लाहकार विजय राई,लगायतका रहेका थिए।
उक्त कार्यक्रममा थेगु क्षेत्र वरिपरी क्रियासिल रहेका संस्थाहरु, नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाका वरिष्ठ उपाध्यक्ष ज्ञानु श्रीष मगर, नेपाली परोपकार समाज थेगुका अध्यक्ष दिनेश कडेल , स्यांजा परिवार थेगु शाखाका उपाध्यक्ष साथै साहित्य समाज दक्षिण कोरियाका उपाध्यक्ष विष्णु वाग्ले, थेगु नेपाली सेल्टर संयोजक तथा जनसम्पर्क समितिका दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष सुरेश खत्री, बिश्वकर्मा समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष कश्यप बिक, परियार समाज दक्षिण कोरियाका अध्यक्ष विनोद सेवा परियार,कोरिया नेपाल ईन्टरटेनमेन्ट च्यानल संचालक कुमार राई, वेगन नेपाली सेल्टरका संयोजक रमेश थापा मगर , वेगान नेपाली साथी समुहका सल्लाहकारहरु केशर केसी,बिवश लामा, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको अतिथ्यतामा र वेगान वरिपरि छरियर रहेका लगभग ५५/६० जनाको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संघका सचिव प्रकाश पौडेल ले हालसम्म संघले गरेको बिभिन्न गतिविधिहरुको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए। त्यसै गरि काेषाध्यक्ष बालकृष्ण न्यौपानेले संघको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।