सिस्टरहुड समुह किम्हेको देउसी भैलो सम्पन्न
किम्हे , संवाददाता ।
दक्षिण कोरियाको किम्हेमा सिस्टरहुड समुह किम्हेले देउसी भैलो कार्यक्रम गरेको छ । सिस्टरहुडले आफ्नो संस्कृति र परम्परालाई बचाउन भन्दै आफ्नै गाउँघरमा खेल्ने तरिकाले देउसी भैलो खेलेको हो । किम्हे स्थित लिटिल ईन्डिया रेष्टुरेन्ट, दुर्गा रेष्टुरेन्ट र लुम्बीनी रेष्टुरेन्टमा गएर मौलिक तिहारको गीत सहित देउसी भैलो खेलेको हो । गत सनिबार बेलुकी नै भैलाै खेलिएकाे हाे।प्रबासकाे ठाँउमा उपयुक्त समयमा नै चाडबाड मनाउने गरिन्छ।
यस अघि किम्हेमा तिज कार्यक्रम भव्यता पूवर्क मनाएको सिस्टरहुडले प्रवासमा आफ्नो पनको झल्को दिने गरी देउसी भैलो खेलेको सिस्टरहुडकी संयोजक सुजाता बस्नेतले बताएकी छिन । देउसी भैलो साथमा स्थानीय चेलीहरुको दिपावली गीत र स्थानीय गायकको प्रस्तुतीले पनि कार्यक्रम आकर्षित बनाएको थियो । आयोजकले प्रत्येक रेष्टुरेन्टका सहयोगी विच चिठ्ठा समेत गरेको थियो । सिस्टरहुड किम्हे बुसानमा रहेको नेपाली महिलाहरुको साझा संस्थाको रुपमा भर्खरै मात्र स्थापना भएको संस्था हो ।