मरुभुमीमा गोठालो

यही बेलामा डुली हिड्ने लक्ष्मी
हाम्रोमा पनि आउने आशामा
आमा राँके बजारबाट रंग ल्याउँथिन
रंगोली बनाउँथिन्
भलै ठूला घरे साहुको जस्तो हुन्नथ्यो
भए पनि आफ्नो ल्याकतको थियो ।
साना साना पाइला पनि थिए
घर भित्रै सम्म बनाइएका
लक्ष्मी आउन बाटो
धन दौलत, सुन चाँदी भए पो एकै ठाउँमा राखेर पुजा गर्नु ?
सापट लिएका दुई चार सय न थियो
त्यही पैसा र आमाबाको बेको बेला दाइजोमा ल्याको
तामाको खड्कुँलो पुजा त गरेकै हो ।
अरुका झै वत्ती नै वत्ती बालेर दीपावली नगरे पनि
तिहुनमा हाल्ने भुटुन कम गरेरै
पाँच वटा बत्ति त बालेकै हो ।
दिउसी र भैलो आउँदा गच्छे भन्दा माथी नै गएर
दक्षिणा पनि दिएकै हो
तिनले दिएका आशिष
महल जस्तो घर
खुशीहाल जिन्दगी
धनै धन
यी सबै कथा झै थियो
झुप्रो फुसको घर अघि
तैपनि म सोच्थे अर्को बर्ष
आशिष लाग्ला कि ?
हरेक साल तिहार आउँछ
रंग, रंगोली, पुजाआजा, दीपावली
सबै आउँछन्
सापाटीमा चल्ने जिन्दगीका अप्ठ्यारा आउँछन्
कहिल्यै लक्ष्मी आउँदिनन्
र त मलाई तिहारका आशिष
एउटा भद्दा जोक जस्तो लाग्छ ।
……………………………………………….
म सोचि रहेछु कहिलेसम्म तातो हावामा
चिसो पानी खोज्दै
बसि रहने मरुभूमीमा गोठालो ।