काेरियाकाे थेगु शहरका सम्पुर्ण संघ सस्थाहरु एक छातामुनी,थेगु नेपाली मन्च गठन


दक्षिण कोरियाको एक प्रमुख सहर थेगु र यस क्षेत्रको वरपर क्रियासिल रहेका करिब २ दर्जन भन्दा बढी संघ सस्थाहरु तथा  यहाँ रहेका सेल्टरहरु एउटै छाता सँस्था भित्र रहने भएका छन । गत अक्टोबर महिनाको २८ तारिख आइतबार दक्षिण कोरियाको थेगु शहर स्थित तारा रेस्टुरेन्टमा “थेगु नेपाली सेल्टर ” र ” मगर संघ थेगु साखा” को सयुक्त आयोजनामा भएको एक भेलाले “थेगु नेपाली मन्च ” गठन गरेको छ ।

थेगु क्षेत्रमा रहेका बिभिन्न सँस्थाहरुलाई एक सुत्रमा बाँधी कुनै पनि सस्थाले यस क्षेत्रमा गर्ने सार्बजनिक कार्यक्रमहरु मन्चको स्विकृती र सल्लाह लिएर मात्र गर्ने निर्णय पनि उक्त भेलाले गरेको छ । मन्चमा आबद्द कुनै सँस्थाले कार्यक्रम गर्दा अन्य सँस्थाहरु पनि एक अर्कामा सहयोगी हुने र सम्पूर्ण प्रवासी नेपालीहरुको दु:ख सुखमा हातेमालो गर्ने उदेश्य लिएको जानकारी सँस्थाका नव निर्वाचित संयोजक नगेन्द्र घर्ती मगरले दिए । सँस्थाहरुले त्यसरि कार्यक्रमहरु गर्दा मन्चले पूर्ण रुपमा साथ र सहयोग गर्न सहज हुने पनि घर्तिकाे कथन थियो । साथै थेगु वरपर रहेका अन्य सँस्थाहरुलाई पनि थेगु नेपाली मन्चमा आबद्द भईदिनको लागि मन्चको तर्फबाट नवनिर्वाचित सह संयोजक रमेश रानाले आग्रह गरेका छन् ।

नवगठित थेगु नेपाली मन्चको कार्य समितिमा पदाधिकारी हरु निम्न अनुसार रहेका छन् ।  प्रमुख सल्लाहकार : श्री बाबुराम गुरुङ सल्लाहकार:-श्री डा.रोसन शर्मा पौडेल ,डा.मधुसूदन आत्रेय , श्री फडिन्द्र भट्टराई, संयोजक : श्री नगेन्द्र घर्ती मगर, उप संयोजक : श्री रमेश राना मगर, सचिव : श्री प्रकाश बराल ,उपसचिव : श्री बिष्णु वाग्ले ,कोषाध्यक्षमा समितिको पहिलो बैठकले निर्णय गरि पदस्थापन गर्ने भएको छ,भने विभिन्न संघ सस्था तथा सेल्टरका प्रमुखहरु स्वत यसै समितिको सदस्य रहने छन्।

उक्त छ्लफल तथा बैठकको संचालन मगर संघ थेगु साखाका ब. उपाध्यक्ष श्री ज्ञानु श्रीस मगरले गरेका थिए भने बैठकको सभापतिमा मगर संघ दक्षिण कोरियाका उपाध्यक्ष तथा मगर संघ थेगु साखाका संरक्षक श्री नगेन्द्र घर्ती मगरले गरेका थिए। उक्त बैठकमा डेढ दर्जन भन्दा बढी संघ सँस्थाहरुको उपस्थिती रहेको थियो । साथै बिभिन्न सँस्थाका प्रतिनिधिहरुले आ आफ्नो सँस्थाको उदेश्य र महत्त्वको साथै आफुले गर्ने आगामी कार्यक्रमको योजनाको बारेमा पनि बताएका थिए ।

सम्पुर्ण संघ सँस्थाहरुको उदेश्य नेपालीहरुलाइ दु:ख आपत पर्दा सहयोग गर्ने नै भएको हुँदा यस क्षेत्रमा संचालित सेल्टरहरुलाई आगामी दिनमा अगाडि बढाउनको लागि सबै सँस्थाहरुको महत्वपूर्ण जिम्मेवारी र पुर्ण सहयोग रहने कुरामा छलफल सहित निर्णय गरिएको थियो । साेहि कार्यक्रममा प्रवासी मजदुरहरुको हकहितको लागि ग्याङसान माइग्रेन्ट सेन्टरका संयोजकको भुमिकामा रहेर आफ्नो अतुलनीय योगदान दिनुभएका श्री धुर्ब थापार परोपकारी समाज कुजिका सक्रिय सदस्य श्री निमेष गुरुङलाइ सामुहिक रुपमा बिदाइ तथा सम्मान गरिएको संयाेजक घर्तिले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...