तिहारमा भैलो खेल्दाको सम्झना।

म नाच्न गाउन बजाउन चाहाने रमाउने मान्छे। सानो छदा कक्षा ६ मा पढने बेला देखि स्कुलमा नाच्न सिकियो। राङखानी मा बि मा पढ्थे। शान्ती मा बि कुश्मी सेरा बाग्लुङले आयोजना गरेको प्रा बि स्तरीय नृत्य प्रतियोगितामा पहिलो पटक सहभागी भएको थिए। प्रथम पनि भइयो। सर मिस हरुले नृत्य सिकाउदा मेरो नाचलाइ देखेर खोपाली नाचे जस्तै नाच्यो भन्थे। खोपाली भनेको मेरै गा बि स दुदिलाभाटीको वडा नं. भण्डारबन लाई भन्दा रहेछन ,बुच्दा रहेछन। यो कुरा २०४६ को हो।
म सात कक्षा पढ्न मेरो घर नजिकको बिध्यालयमा आए। लेखानी मा बि भर्ना भइ पढे। आन्दोलन बाट बहुदल आएको रहेछ। दाइहरुले अखिल र ने बि संघ भन्थे। हामी त अखिल हौं भन्थे। गाँउ नै मसाल, हामी अखिल छैठौं हौ भन्थे। हामी सबै अखिल नै भयौं। त्यति बेला जीबन शर्माका गीत संगीत ले हाम्रो गाउ लाइ समात्यो। अर्थात रक्तिम सांस्कृतिक अभियानले सांस्कृतिक परिवार गठन नै गरिदियो। बिहानी सांस्कृतिक परिवारको नाम बाट २०४७ साल देखि २०५७ साल सम्म एक दसक पुरै प्रगतिशिल कलाकार बनियो।
पहिलो पटक २०४७ सालमा माया पिरतीका गीतहरु गाएर भैलो खेलियो। त्यो बेलामा ४।५ हजार रुपयाँ उठे थियो होला। बंङगुर किनेर बनभोज गरेर सबै पैसा खाइयो रमाइयो। जब बिहानी सांस्कृतिक परिवार गठन भयो २०४७मा । त्यस पछि समिति बन्यो। हिसाब किताब राखियो। गाँउको लागी पनि केहि काम गर्ने योजना बन्यो। साँस्कृतिक कार्यक्रमका लागी चाहिने बाध्यबादनका सामान हारमोनियम गितार मादल, माइक पेट्रोमेक्स डे्रस लगायतका सामान खरिदमै रकम खर्च गरियो। रक्तीमको कलाकार बनेर प्रगतिशिल गित नृत्य लिएर पार्टीको सभा सम्मेलनमा सांस्कृतिक कार्यक्रम लिएर एक दशक सम्म ब्यापक हिडियो। बाग्लुङ जिल्लाका प्राय जसो प्रमुख ठाउँमा पुगेका थियौ। बाग्लुङ, पोखरा,काठमाण्डौ, बुटवल भैरहवा सम्म सांस्कृतिक कार्यक्रम लिएर पुगेका थियौं।
जब तिहार आउछ अनि देउसी भैलो खेलिन्छ। यो क्रम २०५९ साल सम्म निरन्तर रहयो। रहेक बर्ष भैलो खेलियो। पार्टीको लागी भैलो। कलबको लागी भैलो। स्कुलको लागी भैलो। मगर बिध्यार्थी संघको लागी भैलो।
म अल्लि बढि निदाउने मान्छे। भैलो खेल्दा रोचक कुरा पनि छ। २०४८ सालको भैलोको कुरा हो। भैलो खेल्दा खेल्दा लखतरान परेका थियौ। रात भरि पनि खेलिन्थ्यो। दुदिलाभाटीको काफलठुटामा भैलो खेल्दै गर्दा मेरो पालो नाच्ने काम सकेर बस्ने बेला, नजिकैको बारीमा कोदोको नल माथी सुतेछु। फेरी अर्को पालो आउदा मान्छे त छैन। साथीहरुलाइ खोज्दा खोज्दा हैरान। बेस्सरी निद्राले च्यापे पनि मलाइ सुताए त्यो दिन। भोली पल्त फेरी झाक्रीस्थानमा भैलो खेल्दै गर्दा आगनमा कुखुराको खोर थियो। त्यही आढेस लगाएको ठाडै भुस परेछु। साथीहरु सब छोडेर गएछन्। म भने एक्लै निदाएछु। हातमा टर्च लाइत समातेको, लाइत खसे पछि बल्ल थाहा पाए। हेर्दा कोहि छैनन्। डराइ डराइ दगुर्दै साथीहरु भेट्न गएको थिए।
केहि बर्ष रक्तिम परिवार, राष्ट्रिय जनमोर्चा, पार्टीको लागी भैलो खेलियो। संकलन भएको रकम ,बचत भएको रकम पार्टी संचालनकै लागी सहयोग गरिन्थ्यो। अहिले सम्म पनि पार्टीका मोर्चाहरु भैलो खेली रहेका हुन्छन्।
अर्को मेरो गाउंको कलब गाजा बिहानी युवा कल्बको लागी खेलियो। केहि सामाजिक कार्य गरियो। गाउँमा एक सामुदायीक भवन पनि बनाउन सहयोग गरियो। बिधालयमा श्री सिरबारे प्रा बिको सहयोगको लागी एक बर्ष भैलो खेले। अर्को बर्ष २०५८मा चौराहा मा बि को पुस्तकालय बनाउन भैलो खेले। अर्को बर्ष श्री सरस्वती मा बि को सहयोगको लागी भैलो खेले।यो कुरा २०५९ सालको भैलो हो।त्यो बेलामा स्कुलको लागी करिब रु ७ लाख संकलन भएको थियो।
म पोखरा क्याम्पस अध्ययन गर्दा २०५३ मा नेपाल मगर बिध्यार्थी संघको लागी पोखराबाट बुटवलमा भैलो खेल्न गइयो।त्यहा चिनेजानेका मान्छेको घरमा मात्र भैलो खेलिने रैछ। कति रकम संकलन भयो त्यो हिसाब त मलाइ जानकारी भएन।केवल कलाकार भएर भैलो खेलियो। भैलो चाहि घरदैलो थियो।
२०६० पछि मेरो बसाइ पोखरा रहयो। पोखरा रहदा पनि पार्टीको लागी भैलो खेलियो। कलाकारको टिम भन्दा पनि सानो पदाधिकारीको टिम । २।४ जनाको समुह बनाउने दान उठाउने पनि गरियो। १००।२००। ५०० रूपयाँ सम्म दिन्थे ।यो सानो घर दैलो भैलो लाई। पार्टीको अफिस भाडा, सभा सम्मेलन गर्दा लागेको खर्च तिर्ने पैसा संकलन गरिन्थ्यो।
२०६५ देखि कोरिया आइयो। तिहार अनि देउसी भैलो खेलेको याद आउछ। तर भैलो खेल्ने मौका अवसर मिलेको छैन। सामुहिक भाइ टिका भने ३ बर्ष लगाए। यो बर्ष सहित ४ बर्ष टिका लगाउछु होला। अव भने भैलो खेल्न छिट्टै नेपाल जाने बिचारमा छु।
कोरियामा भने भैलो नखेले पनि करोडौ रकम संकलन गर्ने सामाजिक अभियानमा भने सरिक छु। बाग्लुङ सम्पर्क समिति, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, एन आर एन नेपाल हाउस, एन सि सि बुद्द अभियान, फोनिज कोरियामा मा आवद्य रहेर सामाजिक कार्य गरिरहेकोछु। तिहारमा जुवा तास खेलेर धनकाे नास गर्नु भन्दा यस्तै काममा सानै देखि लाग्दै अाएकाेछु।