दक्षिण कोरियामा जातिय संघसंस्थाले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा गर्ने
दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा कोरियामा गर्ने भएको छ । श्रद्धाञ्जली सभा सउलको नेपाल हाउसमा आइतबार विहान ९ बजे हुने छ ।
नेवा पुचः, नेपाल मगर संघ, नेपाल तामाङ संघ, तमुधी, किरांत राई यायोक्खा, किरातं याक्थुङ चुम्लुङ, थारु कल्याण कारिणी सभा, शेर्पा संघ, ह्याल्मो सम्पर्क समिति, छन्त्याल परिवार, थकाली समाज, भुजेल समाज लगाएतका जनजाति संस्थाले संयुक्तरुपमा सभाको आयोजना गर्न लागेको जनजाति महासंघ द. कोरियाको अध्यक्ष मल्लिका थकालीले बताइन् । आदिबासी जनजातिका हकहित र नेपालमा लोकतन्त्र स्थापनाकालागि उनले गरेको योगदानको मुल्याङकन गर्दै सो सभाको आयोजना गरियको हो ।
७८ बर्षिय तुलाधरको गत आइतबार काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । चिकित्सकका अनुसार तुलाधरलाइ मस्तिष्कघात भएको थियो । तुलाधरको श्रीमती, २ छोरा २ छोरी छन् ।