चुम्लुङ कोरियाद्वारा भब्य रुपमा चासोक तङनाम मनाउने
लिम्बू जातिले प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाउने चासोक तङनाम किरात याक्थुङ चुम्लुङ कोरियाले यहिँ डिसेम्बर १६ तारिखको दिन सउल र २३ तारिखको दिन ख्यङ्साङ्नाम्दो बुसान शाखाले मनाउने भएकाे छ । नयाँ पाकेको अन्नबालीलाई चासोक सेवा/न्वागी पूजा गरि पितृलाई चढाएर मात्र अाफुले खाने चाडका रूपमा यसलाइ लिइन्छ । याे चाड लिम्बु समुदायकाे मुख्य चाडमा पर्छ ।
कार्यक्रम स्थल भने केही दिनपछी तय गरिने छ । तङ्नाम विशेष कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ, यालाङसँगै नेपालबाट कलाकारहरू आमन्त्रण गरि हाक्पारे, ख्याली सहितको सांगीतिक मनोरञ्जन हुनेछ। गीत संगीत नाचगान बाहेक लिम्बू जातिको परम्परागत परिकारहरु समेतको स्वाद लिन सकिने आयोजकले जनाएको छ। गतवर्ष चुम्लुङ कोरियाले गायक उत्तमजङ्ग लिम्बूको साथमा तङनाम मनाएको थियो।