कोरियन लाहुरे र अमेरिकाने लाहुरेको टेलिफोन बार्ता
शनिबार बिदाको दिन । त्यसैले ढुक्कसँग सुत्छु अबेरसम्म । केही हप्ता अघि शुक्रबार बेलुकी कम्पनीले हामी कामदारहरुलाई पार्टी दिएको थियो । पार्टी खाएर साथीहरुसंग सुख दुखको कुरा गर्दै रातिको २ बजे सम्म बसियो ।
राती अबेरसम्म बसेकोले मस्त निद्रामा सुतिरहेको बेला सँगै बस्ने साथीको फेसबुक मेसेन्जरमा चर्को आवाजमा टुरुङ्ग टुरूङ्ग गर्दै घन्टी बज्यो । सिरानीनिर राखेको फोन हेरें बिहानको ६ बजेको रहेछ । त्यस पछि मेरो निन्द्र खलबलियो । आँखा पोल्छ निदाउन खोज्छु साथीको मोबाइलमा आउट साउन्ट गरेर चर्को आवाजले बोलिरहेको हुँदा निदाउन सकिन ।
साइनोले दुई जना बिच मामा भान्जा नाता पर्ने रहेछ । कोरियाको मामा र अमेरिकाने भान्जा दुई बिच संवाद सुरु ।
भाञ्जाः हेल्लो मामा, जय मासी, सन्चै हुनु हुन्छ?
मामाः अँ भान्जा सन्चै छ मलाई । घर तिर माईजुलाई फोन गरेको थिएँ । भान्जा अमेरिका पुग्यो रे खुशी लाग्यो ।अनि कति दिनमा पुग्यो ? अहिले काम के गर्नु हुन्छ नि?
भाञ्जाः अहिले काम ठिकै छ मामा । सुरुमा टेक्ससमा नेपालीको रेष्टुरेण्ट १२ डलर प्रति घण्टामा काम गरे ६ महिना, त्यस पछि अहिले चाही वेस्ट वर्जेनियामा क्यानिडियनको पसलमा १४ डलर प्रति घण्टा काम गर्दै छु । अमेरिका आइपुग्न दुई महिना लाग्यो नि मामा।
मामाः ए होर भान्जा? मेरो पनि कोरियाको भिसा एक वर्ष जति छ त्यस पछि नेपाल गएर छोरा छोरीको उज्वल भबिष्यको लागि अमेरिकातिर आउकि भनेर सोच्दै छु भान्जा । अँ बरु अमेरिका जान कति जति खर्च लाग्ने रहेछ? भान्जाको कति खर्च भयो ?
भान्जाः म आउँदा ४७ लाख जति लाग्यो तर यति नै खर्च लाग्छ भन्न अलि गारो छ मामा। यहाँ मेरो रूम पार्टनर साथीको ७० लाख सम्म खर्च गरेर बल्ल आइपुगेको छ मामा । के कति लाग्छ भन्नु दलाल हेरी हेरी फरक पर्छ ।
मामाः अनि भान्जा, जाँदा कहाँ कुन कुन देशको बाटो हुदै जानु भयो ? कति को गाह्रो छ म आउन सक्छु होला र ?
भान्जाः म आउदा त भारत हुदै थाईलेन्ड, कोलम्बिया, पानामा, हुंदै बिचमा अरु ३ देश पार गरेर मेक्सिको पुगे । मेक्सिकोमा दुई दिन बोर्डर तर्ने तालिम लिएँ । त्यस पछि बल्ल मेक्सिको र अमेरिका सिमाना पार गरे । बाटोमा धेरै दुख पाईयो मामा जंगलमा पैदल हिड्नेदेखि भोक भोकै फोहोर पानी पिएर बेखर्ची भएर कति दिन जंगलमै बास बसे कुरै नगरु हो मामा गाह्रो छ । तर त्यो सबै जोखिम मोल्न तयार भए आउन सकिन्छ ।
मामाः ए होर? अनि अहिलेको राष्ट्रपति डोनल्स ट्रमले अबैधानीक विदेशी आउन नदिने भनेर बोर्डरमा हजारौ सेना परिचालन गरेको छ भन्ने खबर अनलाईन समाचारतिर देख्छु नि?
भाञ्जाः हाहा(हाँस्दै) मामा पनि । अहिलेसम्म नेपालीहरु आउन चाहनेहरुलाई कसैले रोक्न सक्या छैन । अमेरिकन विदेश नितीले सम्म रोक्न सकेको छैन । जसरि भए पनि यहाँ नेपाली आईरहेकै छन् । मलाई बोर्डर काटे पछि दुई दिन केरकार गर्यो अनि खुट्टामा छ महिनासम्म जीपिएस बाँधेँ । एक हप्ता अगाडी मात्र खोलेको हो ।
मामाः ए होर भान्जा ?
भाञ्जाः आज हजुरलाई एउटा सल्ला गरौ कि भनेर सम्झेको मामा ।
मामाः के कुरा हो भनन भान्जा।
भाञ्जाः म अमेरिका आउँदा ३ प्रतिशत ब्याजमा सापट लिएको पैसा ब्याज बढेर धेरै भएको छ । यहाँ अहिले सेटल हुन कागज पत्र मिलाउन, वकिल फि तिर्न, कोठा भाडा सबै गर्दा अलि गाह्रो भयो पैसा भए ४ लाख जति सापट दिनु होला मामा पछि फेरी मेरो बिना ब्याज जति चलाए नि हुन्छ क्या मामा कुरा बुझ्नु भयो नि ?
मामाः हुन त हो भान्जा, मेरो पनि बजारमा घर बनाउदै छु । अहिले मलाई नै पैसाको खाँचो छ । अहिलेलाई सकिन्न होला भान्जा । भान्जाः कोशिस गर्नु पर्यो मामा ।
मामाः ए हुन्छ म साथीहरुसँग कुरा बुझ्छु नि है ।
भाञ्जाः हस मामा । ल मामा लामो समय पछि कुराकानी भयो । खुशी लाग्यो फेरी फोन गर्दै गरौला नि अहिलेलाई बाई जयमासी ।
दुई जना बिचको संवाद सकियो । त्यस पछि म पनि उठे केही फ्रेस भएर कफि पिएँ । मन मनै लाग्यो, के सबै नेपाली अमेरिका मात्र जान चाहन्छ । गएकोहरुको हालत खासै सन्तोसजनक छैन रहेछ । कतिपय नेपालीहरु ऋण लिएर ज्यानको बाजी थापदै अबैधानिक रुपमा अमेरिका जाने तयारीमा रहेका छन् । एकपटक सोच्नुस है ।