नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने


नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने भएको छ ।

कोरियाको नयाँ वर्षा सलनालको अवसर पारेर नेफेसो पार्टीले तेस्रो महाधििवेशनको आयोजना गर्न लागेको समाजका अध्यक्ष महेन्द्र राईले बताए ।

नेपाली संघिय समाज कोरियाले राजधानी सौल स्थित दोंग्देमुनको थाई होटेलमा बसेको बैठकले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

तेस्रो महा अधिवेशन सफल बनाउन पार्टीका सल्लाकार चित्र बहादुर मुक्तानको संयोजकत्वमा बिभिन्न बिभाग गठन गरिएको छ ।

जसमा व्यवस्थापन पक्षमा पार्टीका संरक्षक अमृत राई, पत्राचार लगायत अन्तरिक तयारीका निम्ति महासचिब दावा रिन्जिन शेर्पा, स्वयम सेवक परिचलानको लागि उपध्यक्ष दर्पण गुरुङ, कार्यक्रममा आमन्त्रित अथिति व्यवस्थापन गर्न पार्टी सल्लाकार टिका राई, राम कुमार यादव, आर्थिक व्यवस्थापन गर्न कोषाध्यक्ष बिकास योन्जन, हाङ्ग गिम छा, निर्वाचन मण्डल संयोजकमा अमृत राई , संस्कृतिक बिभागमा उतम खजुम, लगायत कार्यक्रम प्रचार प्रशार गर्न सूचना तथा संचार बिभागमा शेर साङबो शेर्पालाई जिम्मेवारी बाँड फाँट गरिएको छ ।

नेपाली संघिय समाज दक्षिण कोरियाको केन्द्रिय महा अधिवेशन हुन अगाबै कोरियामा रहेका नेफेसो क्षेत्रीय पार्टीहरुको अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय समेत भएको अध्यक्ष राईले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...