तमु धीं दक्षिण कोरियाले फो ल्होछार


“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“
दक्षिण कोरियामा रहेका तमु (गुरुङ) हरुले आफ्नो मौलिक पहिचान, कला, संस्कार र सँस्कृति तथा परम्परालाई बचाई राख्न तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि फोल्हो (मृग वर्ग)को ल्होसार जनवरी ६ मा आयोजना गर्ने भएको छ ।
सउलमा हुने कार्यक्रमका लागि अहिले व्यवस्थापनको काम भैरहेको तमु धीं दक्षिण कोरियाका अध्यक्ष जित गुरुङले जानकारी दिए । ‘हामीले अक्टोबर २८ तारिकमा मिटिङ राखेका थियौ । यही मिटिङले नेपालबाट आउने कलाकार छनौट, हल व्यवस्थापन, साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति बनाएको छ । यही समितिहरुले अहिले काम गरि रहेको छ ।’ उनले भने ।
यस पटकको ल्होछारमा पनि नेपालबाट कलाकार ल्याउने निर्णय भएको छ । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “बुझें मैले नि“, “नाकमा झुम्के बुलाकी“, “नौ रङ्गी सपना“, “सालैजो“ लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसकेकी गुरुङले चलचित्र डिठ्ठा (मुखिया)मा नायिकाका भूमिकामा अभिनय गरेकी छिन् । उनले थुप्रै म्यूजिक भिडियोमा मोडलिङ समेत गरिकी छिन् ।
गुरुङ समुदायमा चर्चित कलाकार काजलले ल्होसारको रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउनेमा कलाकार व्यवस्थापन संयोजक हिमानी गुरुङ बताउँछिन् । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं भन्दा बढि स्टेज कार्यक्रमहरु साथै यस अघि जापान, हङकङ, युके तथा कतार लगायतका देशमा आफ्नो प्रस्तुति दिइसकेकि छिन् ।
ल्होसारको दिन तमु (गुरुङ)को बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, कौरा नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र हाँस्य प्रहशन रहने संस्थाका साँस्कृतिक विभाग संयोजक सबिन गुरुङले जानकारी दिए । सुविधा सम्पन्न हलमा आयोजना हुने यस कार्यक्रममा तमु (गुरुङ) हरुको रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली अचार, मासु, भुटुवा, सेलरोटी सहित थुप्रै खानाको परिकारको व्यवस्था गरिने हल व्यवस्थापन संयोजक तथा संस्थाका संरक्षक सल्लाहकार भिम गुरुङ बताए ।
कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ(संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा पत्र पठाउने र प्रचार प्रसार तीव्र बनाएको तमु धींका महासचिव लेसन गुरुङले बताए । २०१९ जनवरी ६ आइतबारका तमु (गुरुङ) फो ल्होसार कार्यक्रममा आउन र सो दिन अन्य कार्यक्रम नजुधाई दिन पनि उनले अनुरोध गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...