यो बर्ष भोजेन्द्र क्षेत्रीले पाए मानार्थ नागरिकता
दक्षिण कोरियाको सउल नगरपालिकाले हरेक बर्ष प्रदान गर्ने मानार्थ नागरिकता नेपालबाट भजिन्द्र क्षेत्रीले सम्मानित भएका छन् । उनी भलिबल, तेक्वन्दो खेलाडी हुन् भने बिभिन्न समाजिक संघ संस्था र नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार हुन् ।
दक्षिण कोरिया बसेर सामाजिक, आर्थिक र संस्कृतिक क्षेत्रमा कार्य गर्ने बिदेशी नागरिकलाई सउल नगरपालिकाले यस्तो सम्मान गर्ने गरेको छ । यो बर्ष २२ देशका नागरिकलाई मानार्थ नागरिकता प्रदान गरिएको छ ।
यस अघि केपी सिटौला, जुनु गुरुङ, राजु क्षेत्री, देन्जी शेर्पा, गम्भिरमान श्रेष्ठ, हर्क बहादुर(भीम) गुरुङले मानर्थ नागरिकता पाइसकेका छन् ।