कोरियामा एक नेपालीको शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको मृत्यु
कोरियामा औधोगित दुर्घनामा मृत्यु भएको राजेश तुम्बापोको शब नेपाल पठाउन नपाउदै फेरी अर्को नेपालीको निधन भएको छ । बुधबार विहान सुतेकै अवस्थामा निधन भएको खबरले कोरियामा सबैलाई दुखी तुलाएको छ । इपिएस मार्फत पाँच महिना अघि कोरिया आएका उदयपुर कटारीका २० वर्षिय दिपक कार्कीको निधन भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।
मृतक कार्की खोइ०जु शहरको खेरोइ०म्यान स्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । विहान काममा जान उठाउदा कार्की मृत भेटिएको संगै काम गर्ने साथीले जानकारी दिएका थिए । बेलुका कार्की फोनमा कुरा गरिरहेकै बेला १० बजेतिर आफु सुतेको साथीले बताए ।
सो स्थानमा दुई जनामात्रै नेपाली कामदार रहेका छन् । प्रहरीले शबलाई पोटमार्टनको लागि स्थानिय अस्पतालमा पुराएका छन् भने दूताबासलाई जानकारी गराइसकेका छन् ।
यसरी नै सुतेकै अवस्थामा अज्ञातरुपमा मृत्यु हुने नेपालीको संख्या कोरियामा पनि बढ्दो अबस्थामा रहेका छन् । यसबारे सउल दूताबासले चिकित्सक सहितको टोलीद्धारा अध्ययन अनुसन्धान गरे पनि कारण भने पत्ता लगाउन सकेको छैन् । बैदेशिक रोजगारीमा जाने नेपालीहरुमा यो एक रहस्यमय गम्भीर विषय बनेको छ ।