नेपाली सम्पर्क समिति (एनसीसी)को रजतजयन्ति सम्पन्न


दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिती (एनसीसी)ले २५औं बर्ष पुरा गरको उपलक्ष्यमा रजत जयन्ति कार्यक्रम सम्पन्न भएको छ । आइतबार सउलमा भएको कार्यक्रम तोकिएको समय भन्दा तीन घन्टा पछि सुरु भएको कार्यक्रममा एनसीसीको स्मारिका नेपाली शन्देस लोकार्पण गरिएको थियो ।
एनसीसीको २५ बर्ष पुगेको संस्थाको रजत जयन्तिमा पनि नेपाली राजदुतावासको प्रतिनिधि नआउनु भनेको निक्कै दुःख लाग्दो भएको कुरा नेपाली सम्पर्क समितिका बरिष्ठ अपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने । ‘हामीले उहाँहरुलाई निमन्त्रणा गरेका हौ उहाँहरु आउनु भएन यो भन्दा दुःख लाग्दो कुरा के हुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
कार्यक्रमका प्रमुख अतिथी नेपालबाट आएका निरज थापाले एनसीसीले गरेका पुराना दिनहरु सम्झिए । उनले एनसीसी भन्दा पहिले कोरियामा भएका नेपालीले धेरै दुःख पाएको सम्झिए । ‘यो संस्था आबश्यक्ताबाट जन्भिएको हो । हामीले त्यो बेला धेरै दुःख पाएका थियौ । त्यसैले यो संस्था जन्मियो । अहिले कोरियामा धेरै संस्था छन् भन्ने सुनिन्छ यो राम्रो पक्ष हो । सबै संस्थाले केही न केही त काम गरेका छन् । यसको सुरुवात एनसीसीले गरेको त्यसैले पनि यो संस्था सबैको अभिभाबक भएको हो ।’ उनले भने ।
एनसीसीको १६ कार्यसमितिले संस्थालाई औपचारिक रुपमा दर्ता प्रक्रियामा गएको अध्यक्ष अन्जु केसीले बताइन् । ‘हामीले लगभग धेरै काम गरेका छौ । यस संस्थालाई औपचारिक रुपमा दर्ता गर्न । शायद मेरै कार्यकालमा संस्थाको दर्ता हुन्छ कि ?’ उनले भनिन् । ‘एनसीसीलाई यहाँसम्म आउन जसले जे जस्तो सहयोग गर्नु भयो सबैलाई आभार ब्यक्त गर्छु । यो निरन्तरता पछि सम्म होस ।’
कार्यक्रममा लेडिया बेको (कोरिएन दिदी), गैर आवसीय नेपाली संघ एनआरएनएकी अध्यक्ष लक्ष्मी गुरुङ, एनसीसीका पुर्व अध्यक्ष रामहरी गुरुङ, एनसीसीका संरक्षक केपी सिटौला, एनसीसीकै पुर्व अध्यक्ष लोचन राई, एमटियु अध्यक्ष उदय राई लगाएतका अतिथीहरुले कार्यक्रममा शुभकामना शन्देश दिएका थिए ।
कार्यक्रममा नेपाली मौलिक पन्चेबाजाले धेरैको ध्यान तानेको थियो । नेपालबाट आएका प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले एनसीसीको प्रगति बारेको कविता वाचन गरेका थिए । दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि पत्रकारहरुलाई सामाजिक कार्यका लागि सम्मान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...