तमु धीं थेगु शाखाले डिसेम्बर ३० मा तमु ल्होछार मनाउने


तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होेछार मनाउने भएको छ । खी ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो ल्हो (मृग वर्ग) लाग्ने समयलाई तमु समुदायले ल्होछार मनाउन लागेको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगुकोे मेईल गार्डेन हलमा ल्होछार मनाउने लागेको तमु धीं थेगु शाखाका अध्यक्ष हर्क गुरुङले जानकारी दिए । तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसाररल्होछारको कार्यक्रम आयोजना सँगै आफ्नो जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण र सम्बर्द्वनमा टेवा पुग्ने सचिव बिल गुरुङ बताए ।
यसपटकको फो ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “बुझें मैले नि“, “नाकमा झुम्के बुलाकी“, “नौ रङ्गी सपना“, “सालैजो“ लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो आवाज दिईसकेकी  छिन् । गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)काे नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ पनि गरेकी छिन् । कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिईसकेकी उनी कार्यक्रमको शिलशिलामा एक दर्जन जति विदेश भ्रमण समेत गरिसकेकी छिन् ।
यसै वर्ष गठित तमु धीं दक्षिण कोरिया थेगु शाखाद्वारा पहिलो पटक आयोजना हुन गइरहेको यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य प्रस्तुत गर्नेछन् ।

ल्होछार कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट तमु परिकारको व्यवस्था गरेकाे संयोजक गणेश गुरुङले जानकारी दिए ।  ‘कार्यक्रम दिउँसो १२ बजे देखि बेलुकी ७ बजेसम्म कार्यक्रम हुनेछ । याे निक्कै रमाइलाे हुने हामीले विश्वास लिएका छाै । कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) समुदाय र नेपालीहरुलाई कार्यक्रममा आइदिन अाग्रह गर्छु । साथै डिसेम्बर ३० तारिख थेगु क्षेत्रमा अन्य कार्यक्रम पनि नराखि दिन अनुरोध छ ।’  उनले भने।
आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षा गरेको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...