नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र सामाजिक सञ्जालमा छाएको तरङ्ग


नेपाल सरकारले आज अर्थात मंसिर ११ ,२०७५ देखी कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजना, यसको प्रचार प्रसारमा प्रयोग भएको शैली र बिरोधका स्वरहरुमा केन्द्रित रहेर यो छोटो लेख लेख्ने कोसिस गर्दै छु ।

यो छोटो आलेख लेख्दै गर्दा म यो कुरामा ढुक्क छु कि मैले पनि धेरै थोरै आलोचना खेप्नै पर्नै छ । जसरी आजदेखी कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजनाको बारेमा सामाजिक संजालमा जुन तरङ्ग आई रहेको छ ।

सामाजिक सुरक्षा लोककल्याणकारी राज्यको प्रमुख पिलर हो । सामाजिक सुरक्षाको ब्यबस्था बलियो भएको देशमा जनता र राज्य बिच बलियो सम्वन्ध रहन्छ । लोककल्याणकारी ब्यबस्थामा जनता राज्य प्रती समर्पित हुनुका साथै सुरक्षित महशुस गर्ने र राज्य जनता प्रती उत्तरदायी हुने गर्छन । ढिलै भए पनि कार्यान्वयनमा आएको यस ब्यबस्थाले असुरक्षित भबिष्य लिएर निजी क्षेत्रमा कार्यरत ठुलो जनसमुदाय लाभान्वित हुने छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनले नेपालमा औद्यागिक शान्ति स्थापना गर्न प्रमुख भुमिका खेल्नुको साथै सबै श्रमिकहरुको भविष्य सुरक्षित गर्छ । यसले रोजगारदाता र श्रमिकबीच राम्रो सम्बन्ध स्थापना हुनुका साथै रोजगारदाता र श्रमिक बिचका बिबिध तिक्ततालाई पनि कम गर्न सहयोग गर्ने छ । यसले अन्य मुलुकको जस्तै नेपालमा पनि उद्यमशीलता बढाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न ठुलो उर्जाको काम गर्ने छ । योगदानमा आधारित पेन्सन कोष एउटा ठुलो पुजी निर्माण गर्र्ने सस्था पनि हुने छ । जसले भविष्यमा बिबिध पुर्वाधार निर्माण गर्न आवश्यक पर्ने पुजीको लागी दिर्घकालिन श्रोत पनि जुटाइ दिने छ ।

तर नकारात्मक सोचले भरिएका कतिपय जिवित किताब(बिद्धवान)का केही थान पानाहरुमा माथिका तमाम सकारात्मक उद्देश्य लक्षित योजना कार्यान्वयनको उर्जा अट्ने ठाउ नभएर हो की अटाउन नखोजेर हो वा बिरोधको लागी एक थान बिरोध ठाँसी दिन हो कुन्नि ति जिबित किताबका पानाहरुको सामाजिक सञ्जाल हेर्न लाएक नै देखियो । सामाजिक सञ्जालमा योगदानमा आधारित सामाजिक सुरक्षाको बिषयमा धेरैले हासी मजाग गरेको देखियो । उनीहरुले सामाजिक सुरक्षालाई नबुझेर बिरोध गरेको हो जस्तो त मलाई लाग्दैन तर पनि बिरोधीहरुको बिरोधका शब्दहरु देख्दा त्यती बुझेको जस्तो पनि लागेन । मैले दिन भर सामाजिक सञ्जाल नियाल्दा के पाए भने सबैको बिरोधको शैली र शब्द एउटै थिए वा कपी पेष्ट थिए । ठ्याक्कै कुनै समय केपी वलीले रेलको कुरा गर्दा कागजको रेल बनाएर बिरोध गरे जस्तै । ५१ सालमा मनमोहन अधिकारीले बृद्ध भत्ता सुरु गर्दा कनिका छरे भने जस्तै । मनमा अझै राजा जिवित हुने कोही कोहीहरुले महेन्द्रमालादेखी राजा माहाराजा झै फोटो प्रचार गरेको देख्नु नौलो पनि होइन । यो सब हेर्नै नजर हो बुझ्ने क्षमाता हो त्यो भन्दा बढी केही पनि होईन । यदि बुझ्ने नै गहिरो क्षमता थियो भने के को लागी प्रचार गरीरहेको छ र किन गरेको छ र यो के हो भनेर बिवेचना गर्थे होलान् । यो कुनै भोट माग्न गरिएको प्रचार बाजी पक्कै थिएन । न त मकर संग्रान्तीको शुभकामना नै थियो । एउटा राष्ट्रिय अभियानको लागी यो प्रचार अवाश्यक थियो , अझै हुनु जरुरी छ ।

शब्दको मात्र ब्यानर बनाएको भए आज सामाजिक सञ्जालमा बिरोध गर्ने अधिकांस महानुभावहरुले त यो महा अभियानको पत्तो नै पउदैनथे होला । प्रधानमत्री कै फोटो सहितको प्रचार भएको कारणले भए पनि धन्न थाहा पाए ।

अनुमान लगाउ प्रधानमन्त्रीको फोटोको ठाउमा एउटा खुशी भएको नेपालीको फोटो राखेको भए बिरोधीले के भन्थे ? यदी कलाकार वा मोडललाई राखेर गरेको भए के भन्थे होलान् । अनुमान आफै लगाउनु होस् ।
हो सरकारका कयौ गतिबिधीहरुमा सन्तुष्ट हुने ठाउ नहोला । सरकारका कार्यक्षमतामा प्रश्न हजार बार उठाउन सकिन्छ तर एउटा महाअभियानमा पनि सकारात्मक हुन सकिदैन वा बिश्वास गर्न सकिदैन र प्रतिक्षा गर्न सकिदैन भने त्यस्ता महान ब्यक्तिहरुलाइ राम राम बाहेक के भन्न सकिन्छ र ।

अन्त्यमा किताबमा बिद्धवान बनाउन ज्ञान दिने शब्दहरु अटाइ नअटाइ रहेका हुन सक्छन तर किताब आफैमा बिद्धवान होइन र ज्ञानी हुदैन । त्यसलाइ ग्रहण गरेर जसले आफ्नो जिवन र समाजको सकारात्मक परिर्वतनको लागी प्रयत्न गर्छ उही बिद्धवान हो । फगत कोर्रा शब्दहरु बोकेर त पुस्तकालयमा लाखौ किताबहरु झुण्डिरहेका छन् । माफ गर्नु होला किताबी शब्द दिमागमा बोकेर हिड्दैमा कोही बिद्धवान हुदैन मात्र जिवित किताब हुने हो । त्यसैले म सबै किताब पढेका मन्छेहरुलाई बिद्धवान बन्न अनुरोध गर्दछु । चोला फेरेर आउनुहोस नेपालको संबृद्दीमा बिद्धवानहरुको ठुलो खाचो छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...