कोरियामा तनाब व्यवस्थापन र स्वेच्छिक घर फिर्ती सम्बन्धी अन्तरक्रिया सम्पन्न : अबैधानिक रुपमा कोरियामा नबस्न राजदुत सिंहको आग्रह


दक्षिण कोरियामा तनाव व्यवस्थापन, स्वेच्छिक घरफिर्ती एवम् समसामयिक सचेतना विषयमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली राजदुतावास दक्षिण कोरिया र छनान बैदेशिक रोजगार सहयोग केन्द्रले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले इपिएस लगायत अन्य माध्यमबाट दक्षिण कोरिया आएका नेपालीलाई गैरकानुनी वा शरणार्थी भिसा बनाएर कोरिया नबस्न अनुरोध गरे । उनले कोरियामा गैरकानुनी रुपमा बस्ने नेपालीको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै एउटा नेपाली गैरकानुनी रुपमा बस्दा अर्को नेपालीको रोजगारी गुम्ने सक्ने बताए ।
‘भिसा अवधि सकिएर नेपाल फर्केर आफूले सिकेको सीप र पैसालाई सही ठाउँमा लगानी गर्नुस् । हामीले नेपालको आर्थिक एवम् औद्योगिक क्षेत्रमा लगानी भित्राउन कोरियन सरकारसंग छलफल अघि बढाएका छौ । यसबाट सम्पूर्ण नेपालीलाई फाइदा पुग्छ तर गैरकानुनी तवरले यहाँ बसिदिदा नेपालको छवि धमिलिन सक्छ यसतर्फ सचेत बनौ ।’ उनले भने ।
कार्यक्रममा तनाव व्यवस्थापन सम्बन्धी परामर्शका लागि नेपालबाट कोरिया आएका मनोचिकित्सक केदार बहादुर रायमाझीले जीवनमा प्रत्येक व्यक्ति ७ पटकसम्म डिप्रेशनमा जाने बताए । उनले विश्वमै पहिलो स्वास्थ्य समस्याको रुपमा डिप्रेशन भएको उल्लेख गरे । ‘जब नचाहेको, नसोचेको घटना हुन्छ, त्यसलाई सहज रुपमा लिन नसक्दा मानसिक तथा शारिरीक समस्या आउछ । त्यसैबाट तनाव उत्पन्न हुन्छ । डिप्रेशन हुन्छ । जे प्राप्त छ त्यसैबाट सन्तुष्टी लिन सक्नुपर्छ अनि मात्र तनावमुक्त हुन सकिन्छ । डिप्रेशनबाट बच्न सकिन्छ ।’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...