सोलुखम्बु सेवा समाजको नवौं अधिवेशन डिसेम्वर ३० मा हुने
सोलुखम्बु सेवा समाज दक्षिण कोरियाको नवौं अधिवेशन आगामी डिसेम्बर ३० तारिखका दिन हुने भएको छ ।
कोरियामा बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएको सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै आई रहेको छ। समाजले गत बर्ष सलनाल अवसरमा एभेष्ट म्युजिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट उठेको रकमले सोलुखम्बु जिल्लामा स्वास्थ्य सेवाको लागि एम्बुलेन्स प्रदान हुने प्रक्रिया पनि भई रहेको समाजका अध्यक्ष टिआर खालीङले बताएका छन् ।
उक्त अधिवेशन सफलतापूर्वक सम्पन्न गराउनुको लागि संस्थाको सल्लाहकार संरक्षक दावा तामाङको संयोजकत्वमा कार्य समितीका पदकारीहरुलाई जिम्मेवारी दिएको छ । साथै कोरीयामा रहेका संघ संस्थाका प्रतिनिधिहरु र सोलुखम्बुबासीलाई उपस्थितिको लागि संस्थाद्धारा हार्दिक अनुरोध समेत गरेको छ ।