किरात राई यायोक्खा बुसान शाखाको अधिबेशन डिसेम्बर ३० मा हुने
किरात राई यायोक्खा बुसान शाखाको दोस्रो अधिवेशनं डिसेम्बर ३० तारिक आईतबारका हुने भएको छ । गत आइतबार बसेको संस्थाको बैठकले सो निर्णय गरेको हो ।
किराँत राई यायोक्खा बुसान शाखाको सन् २०१५ मा अहिले संरक्षक रहेका रबिन राईको अध्यक्षतामा स्थापना भएको थियो । स्थापना कालदेखिनै यस संस्थाले अाफ्नाे विधानभित्र रहेर बिभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रुपमा सामेल हुदैं आईरहेको छ । संस्थाको अध्यक्ष आनन्द राईले जानकारी दिए ।
विशेष गरि आफ्ना मौलिक चाडपर्वहरुलाई मनाउँदै यस भेगमा रहेका अन्य नेपालीहरुलाई पनि आफ्ना मौलिक चाडपर्वहरु देखाउँदै चिनाउँदै सबै नेपालीहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्दै अघि बढिरहेको यस संस्थाले कोरियामा बेला बेलामा आयोजना हुने अन्र्तराष्ट्रिय साँस्कृतिक मेलाहरुमा समेत आफ्ना सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्छ ।
डिसेम्बर ३० मा हुने अधिवेशनले संस्थाको विधान भित्र रहेर संस्थाको मर्म अनुरुप आफ्ना कला भाषा, संस्कार संस्कृतिको संरक्षण र समाजिक सेवाहरुमा यसरिनै सक्रिय रुपमा लाग्ने नेतृत्व आउनेमा संरक्षक रबिन राईले ढुक्क देखिए ।