बाग्लुगं न्यू ईयर सॉगितिक साँझको तयारी तिब्र गतिमा
“प्रवासी भुमिमा बाग्लुगेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ अायाेजना गर्न लागेकाे बाग्लुगं न्यू ईयर सॉगितिक साँझको तयारी तिब्र गतिमा अगाडी बढेकाे संस्थाका सचिब टेक पुनले बताएका छन्।
न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले यहि डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर
साैलमा भब्य र सब्य रूपमा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको अायाेजना गरिएकाे हाे।
बिशेष बिभिन्न पेशामा दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण बाग्लुगंबासीहरूलाई हरेक सुख दुखमा एक हुन र कामै कामले थकित भएका सम्पूर्ण नेपाली मनहरूलाई एकै छिन भए पनि दुख बिसाउनका लागि यो साँझ गर्न खोजिएको अध्यक्ष सुबास लामिछानेले बताए।उक्त साझमा सम्पुर्ण बाग्लुगंवासीहरू र कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा आ-आफ्नो तवरले साथ सहयोग गरिदिनका लागि संस्थाका संरक्षक बिपिन गुरूगंले आग्रह गरेका छन।
कार्यक्रम भब्य र सब्य बनाउनको लागि नेपाल र जापानबाट आमन्त्रित कलाकारहरूको सम्पूर्ण तयारी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको कलाकारहरू सम्पूर्ण कोरिया वासीहरूलाई भरपूर मनोरन्जन दिनका लागि अन्तिम तयारीमा जुतिरहेका संस्थाका सांस्कृतिक बिभाग प्रमुख जीतन भाई श्रीसले जानकारी दिएका छन।
सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ संस्था बाट तन,मन र धनले सक्दो सहयोग गरि कार्यक्रम सफल बनाईदिनका लागि सबैलाई उक्त दिन उपस्थितिको लागि बाग्लुगं सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष राम प्रशाद शर्माले हार्दिक निमन्त्रणा गरेका छन्।