ख्याङ्साङ्नाम्दो तमु धी बुसान शाखाले डिसेम्बर १६ मा ल्होसार मनाउदै
ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखा दक्षिण कोरियाले आगामी डिसेम्बर १६ तारिख ल्होसार पर्व मनाउने भएको छ ।
तमुहरुको महान पर्ब तमु ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखाले यस क्षेत्रमा पहिलो पटक तमु ल्होछार पर्व मनाउन लागेको हो । ल्होसार मौलिक पराम्परा अनुसार सस्कृतिक कार्यक्रमको साथमा मनाउन लागेको शाखाले जनाएको छ ।
खासगरि नेपालमा पुस १५ मा मनाउने भए पनि बिदेशमा बिबिध कारण बस केहि दिन अगाडि नै बिभिन्न सस्कृतिक कार्यक्रमको साथ साथै नेपाली खानाको परिकार खादै रमाईलो कार्यक्रम गर्ने भएको छ । साथै बिभिन्न जात जातिको साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिने भएको छ ।
कोरियाका बिभिन्न क्षेत्रमा रहेका गुरुङ समुदायकोहरुको सहभागी रहने यस कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघ सस्थाहरुलाई समेत निमान्त्रणा गरिसकेको छ । त्यसैगरी उक्त कार्यक्रममा जुन सुकै जात जाति धर्म, वर्गका नेपालीहरुलाई समेत उपस्थितिको लागि आयोजकले हार्दिक निमान्त्रणा गरेको छ ।
किम्हेको बस टर्मिनल नजिक रहेको किम्हे मुन्ह्वावनमा दिनको ११ बजेबाट शुरु हुने उक्त कार्यक्रम ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखा दक्षिण कोरियाले बिदेशको जुन सुकै कुनामा रहे पनि आफ्नो संस्कार संस्कृतिको जर्गेना गर्ने उदेश्यले आयोजना गर्न लागेको हो।